close

बिक्री सुरु भएको एक मिनेटमै एक लाखले किने रेड्मीको ‘के थर्टी अल्ट्रा’

टेकपाना टेकपाना

साउन ३१, २०७७

बिक्री सुरु भएको एक मिनेटमै एक लाखले किने रेड्मीको ‘के थर्टी अल्ट्रा’

काठमाडाैं । गत हप्तामात्रै साओमीले चिनियाँ बजारका लागि रेड्मी के थर्टी अल्ट्रा सार्वजनिक गरेको थियो ।

कम्पनीको दशौं वार्षिकोत्सवको अवसर पारी ल्याइएको यो स्मार्टफोन शुक्रबार पहिलो पटक बिक्रीमा राखियो ।

अहिले कम्पनीले दाबी गरेको छ कि बिक्री सुरु गरेको एक मिनेटमै ‘साेल्ड आउट’ भयाे । विक्रीमा राखिएकाे एक लाख थान स्मार्टफोन एक मिनेटमै बिक्री भएको साओमीका सीईओ लेई जुन बताएका छन् ।

उनले अर्को सेलमा अझै बढी स्मार्टफोन राखिने जानकारी दिएका छन् ।

रेड्मी के थर्टी झट्ट हेर्दा पोको एफ टू जस्तै देखिन्छ । तर यसले आफ्नो के थर्टी सिरिजका अन्य फोनको तुलनामा केही नयाँ विशेषता पस्केको छ ।

यसमा महत्वपूर्ण विशेषता भनेकाे मिडियाटेक डाइमेन्सिटी १००० प्लस फाइभजी चिपसेट प्रयोग गरिएको छ । यसअघिको ‘के थर्टी प्रो’ मा स्न्यापड्रागन ८६५ सिरिज प्रोसेसर प्रयोग भएको थियो ।

यसको अर्थ तपाईंले यसमा दुई वटा फाइभी सिम प्रयोग गर्न पाउनुहुनेछ । फोनको ब्याट्री ४५०० एमएएच क्षमताको छ । त्यस्तै यसमा १२० हर्ज एमोलेड डिस्प्ले छ ।

उत्कृष्ट डिस्प्लेको अनुभव गर्न मन पराउने र गेमिङमा रुची राख्नेहरुका लागि यो फोन सही रोजाइ बन्न सक्छ । यो फोनमा तीनवटा माइक्रोफोनका अतिरिक्त अडियो जूम प्रविधिको प्रयोग गरिएको छ ।

जसका कारण तपाईंले जूम गरेर खिचेका भिडियोहरुको समेत राम्रो अडियो आउँछ । यो फोनमा चारवटा क्यामेराको सेटअप छ । जसको मुख्य क्यामेरा ६४ मेगापिक्सेलको छ ।

त्यसैगरी यसमा १३ मेगापिक्सेलको अल्ट्रा वाइड सेल्फी क्यामेरा रहेको छ भने पाँच मेगापिक्सेलको टेलिफोटो म्याक्रो र दुई मेगापिक्सेलको डेप्थ क्यामेरा रहेको छ ।

अन्य देखिने मुख्य विशेषता अन्तर्गत आईआर ब्लास्टर, ईन डिस्प्ले फिङ्गरप्रिन्टर सेन्सर र डुअल स्टेरियो स्पीकर रहेका छन् ।

-एजेन्सीकाे सहयाेगमा