close

अब एटीएम र चेक नभए पनि नविल बैंकबाट रकम झिक्न मिल्ने

टेकपाना टेकपाना

भदौ ४, २०७७ १३:१२

अब एटीएम र चेक नभए पनि नविल बैंकबाट रकम झिक्न मिल्ने

काठमाडौं । नविल बैंक लिमिटेडले ‘स्क्यान एण्ड विथड्र‘ सेवा सञ्चालनमा ल्याएको छ । चेक तथा एटीएम कार्ड नभए पनि आफ्नो बैंक खाताबाट नगद झिक्न सकिने गरी बैंकले आफ्ना देशभरका साखामा यो नयाँ प्रविधि प्रयोग गर्न थालेको हो ।

यससँगै बैंकमा खाता रहेका ग्राहकले ‘नविल स्मार्ट बैंक’ मोबाइल बैंकिङ एप मार्फत क्यूआर कोड स्क्यान गरी रकम झिक्न सक्नेछन् । त्यसका लागि बैंकका हरेक शाखाका काउण्टरमा क्यूआर कोड राखिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखामा रहेको क्युआरकोड स्क्यान गरी एक दिनमा एक लाख रुपैयाँसम्म र महिनामा १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।

तपाईंले अहिलेसम्म नविलको अनलाइन बैंकिङ सेवा वा मोबाइल बैंकिङ सेवा लिनु भएको छैन भने विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

नविल स्मार्ट बैंक एप डाउनलोड गर्न आईफोनका लागि यहाँ र एण्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३