close

अन्तर्राष्ट्रिय बायोलोजी ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

टेकपाना टेकपाना

भदौ ९, २०७७ १०:१

अन्तर्राष्ट्रिय बायोलोजी ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तर्राष्ट्रिय बायोलोजी ओलम्पियाडमा एक जना नेपाली विद्यार्थीले कास्य पदक प्राप्त गर्न सफल भएका छन् । सेन्ट जेभियर कलेज माइतीघरमा अध्ययनरत छात्र अह्वान सापकोटाले उक्त पदक हात पारेका हुन् ।

यस पटकको स्पर्धा अनलाइन माध्यममा आयोजना गरिएको थियो । हरेक वर्ष आयोजना हुने यो प्रतियोगीतामा प्रत्येक देशबाट चार जना उत्कृष्ट विद्यार्थी स्पर्धाका लागि छनौट हुने गर्दछन् ।

जसमा डेलिगेट्सको रुपमा दुई जना शिक्षक समेत सहभागी हुन पाउने व्यवस्था छ । यो प्रतिस्पर्धामा नेपाली विद्यार्थीको दोस्रो पटकको सहभागीता हो ।

स्टिम फाउण्डेसन नेपालका अध्यक्ष सर्जन बीसीले विभिन्न विषयका अन्तर्राष्ट्रिय ओलम्पियाडमा आफूहरुले नेपालको प्रतिनिधित्वका लागि काम गर्दै आएको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३