close

एप्पलसँग यसकारण रिसाए जुकरबर्ग

टेकपाना टेकपाना

भदौ १६, २०७७ १३:४०

एप्पलसँग यसकारण रिसाए जुकरबर्ग


काठमाडौं । फेसबुकका सीईओ मार्क जुकरबर्गले एप स्टोरमा एप्पलको एकाधिकारले नवीन आविष्कार रोकिएको भन्दै आक्राेश व्यक्त गरेका छन् । केहि दिनअघि भएको कम्पनीको आन्तरिक भिडियो कन्फ्रेन्समा उनले यस किसिमको अभिव्यक्ति दिएका हुन् ।

उनले एप स्टारेमा एप्पलकाे एकाधिकार हुँदा एप्पल प्रयोगकर्ताको आईफोनमा उसैले नियन्त्रण गरिरहेको बताएका छन् । ‘प्रयोगकर्ताले के चलाउने र के नचालाउने भन्ने कुराको निर्धारण एप्पलले गरिरहेको छ,’ उनले भनेका छन, ‘यसले नयाँ आविष्कार र विकासमा ठूलो असर परिरहेको छ ।’

विशेषगरी एप्पलले पछिल्लो समय गेममा लगाएको प्रतिबन्धको विषयमा बोल्दै उनले यस्तो खालको अभिव्यक्ति दिएका हुन् । एप्पलकै कारण यसअघि फेसबुकले गेम सेक्सन फेसबुकबाट हटाएर फेसबुक गेमको रुपमा छुट्टै एप स्टोरमा राख्नु परेको थियो ।

फेसबुकमा पनि उपलब्ध गराउने र एप स्टारमा पनि छुट्टै उपलब्ध गराउन नमिल्ने भनी एप्पलले प्रतिबन्ध लगाएपछि कम्पनीले फेसबुकबाट हटाएर एप स्टाेरमा छुट्टै राखेको छ ।

उनले मानिसको जीवनमा सहजता ल्याउने खालका आविष्कारलाई एप्पलले रोकिरहेको बताएका छन् । उनको यो अभिव्यक्तिले फेसबुक र एप्पलबीच राम्रो सम्बन्ध नरहेको समेत देखाएको छ ।

– एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०