काठमाडौं । ह्वावेकाे फाइभजी वायरलेस र कोर नेटवर्क उपकरणले जीएसएमए नेटवर्कले गर्ने सुरक्षा परीक्षण पास गर्न सफल भएको छ ।
जीएसएमएले फाइभजी उपकरणको नेटवर्क इक्युपमेन्ट सेक्युरिटी स्किम (नेसास) परीक्षण गरेको थियो । जसमा ह्वावेका उपकरण सुरक्षित रहेको उल्लेख गरिएको छ ।
यो सफलताले टेलिकम नेटवर्क उपकरण उद्योगमा ह्वावेप्रति विश्वास बढाउनुका साथै सञ्चार बजारको विस्तारमा ठूलो मद्धत पुग्ने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीका अनुसार नेसास साइबर सुरक्षा आँकलन गर्ने माध्यम हो, जुन जीएसएमए र ३जीपीपीले विश्वका दूरसञ्चार पूर्वाधार कम्पनी, विक्रेताहरू, उद्योग साझेदार र नियामकसँगको सहकार्यमा गर्दै आएका छन् ।
यसले मोबाइल उद्योगमा सुरक्षाको स्तर सुधार गर्न ठूलो मद्धत पुग्ने उल्लेख गरिएको छ ।
यो परीक्षण नेटवर्क उपकरण विक्रेताहरूले उनीहरूको उत्पादनका लागि विस्तृत सुरक्षा अडिट जस्तै हो । यसलाई विश्वव्यापी रुपमै मान्यता दिइँदै आएको छ ।
यसअघि जेडटीई कर्पोरेसन, नोकिया लगायत कम्पनीले जीएसएमए मार्फत यो खालको सुरक्षा अडिट पास गरिसकेका छन् ।