काठमाडौं । ट्वीटरमा धेरै चर्चामा रहेको विषय ट्रेन्डिङमा रहने गर्छ । तर, कतिपय अवस्थामा उक्त विषय किन ट्रेन्डिङमा पर्यो, त्यस पछाडिको यथार्थ कतिपय प्रयोगकर्ताले बुझ्न सकेका हुँदैनन् ।
अब ट्वीटरले आफ्ना प्रयोगकर्तालाई कुनै पनि विषय किन ट्रेन्डिङमा छ भनी जानकारी दिन सुरु गरेको छ । यसअघि ट्रेन्डिङको टपिक मात्रै देखाउने गरेकोमा अब प्रयोगकर्ताले टेन्डिङ वर्डका साथै त्यसको कारण समेत सँगै देख्न सकिने भएको छ ।
No more having to scroll through Tweets to find out why something’s trending.
यो सुविधा हाल अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, कोलम्बिया, इजिप्ट, फ्रान्स, भारत, आयरल्याण्ड, जापान, मेक्सिको, न्युजिल्याण्ड, साउदी अरेबिया, स्पेन, बेलायत, युएई र अमेरिकामा लागि दिइएकाे छ ।
उल्लेखित देशमा रहेका ट्वीटर प्रयोगकर्ताले यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा प्रयोग गर्न पाउनेछन् ।
चाँडै यो सुविधा वेब भर्सनमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो सुविधा चाँडै नै विश्वव्यापी रुपमा लागू गरिने छ ।