नेपालकै पहिलो कम्प्युटर वैज्ञानिक मुनि शाक्यको नाममा संग्रहालय खुलेको छ । काठमाडौं घट्टेकुलो स्थित उनको आफ्नै घर रहेको स्थानमा ‘मुनि शाक्य विज्ञान तथा प्रविधि संग्रहालय’ खुलेको हो ।
संग्रहालय बनाउन कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ताको काम समेत सम्पन्न भइसकेको छ । वैज्ञानिक शाक्यले बनाएका कम्युटरहरु संग्रहालयमा राखिएको छ ।
यस अघि नै संग्रहालयकाे स्वरुपमा रहेको भए पनि कानूनी मान्यताका लागि कम्पनी रजिष्टारका कार्यालयले गत २४ भाद्रका दिन संग्रहालय दर्ताको प्रमाणपत्र समेत जारी गरेको हो ।
कम्प्यूटर वैज्ञानिक शाक्यले सन् १९७९ मै नेपालमा देवनागरी लिपी सहितको माइक्राे कम्प्युटर बनाएका थिए । घट्टेकुलो स्थित उनकाे निवास रहेकाे स्थानमा महिनामै ५० हजार कम्प्युटर बनाउन सक्ने क्षमताको फ्यक्ट्री पनि रहेको छ ।