close

पेट्रोलपम्पमा क्यूआर राख्दा बिलिङ सफ्टवेयर सित्तैमा

टेकपाना टेकपाना

असोज १८, २०७७ १३:५०

पेट्रोलपम्पमा क्यूआर राख्दा बिलिङ सफ्टवेयर सित्तैमा

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले पेट्रोल पम्पमा क्यूआर राख्दा बिलिङ सफ्टवेयर सित्तैमा उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्नो भुक्तानी सेवा प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप योस्तो आकर्षक योजना ल्याएको हो ।

क्यूआर कोड राख्दा पेट्रोल पम्पहरु ईसेवाको मर्चेन्टको रुपमा रहने भए पनि फोनपेको नेटवर्कमा आवद्ध सबै बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङबाट पेट्रोल पम्पको भुक्तानी गर्न सक्नेछन् ।

हाल फोन पेको नेटवर्कमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु आवद्ध छन् । क्यूआ कोड स्क्यान मार्फत विभिन्न सेवाको भुक्तानी गर्न सकिने प्रविधिका कारण पछिल्लो समय फोन पे लोकप्रिय बन्दै गएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०