काठमाडौं । यसपालीकाे दशैंमा यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन ओके जर्नी प्रालिले अनलाइन र फोनबाटै टिकट बुक गर्ने सुविधा ल्याएकाे छ ।
कोरोना महामारीको सम्भावित प्रभावलाई न्यूनीकरण गर्न कम्पनीले टिकट बुकिङसँगै भाग्यशाली यात्रुलाई आईफोनदेखि सामसङ स्मार्टफोनसम्म उपहार दिने योजना ल्याएको छ ।
कम्पनीले यात्रुका लागि बस, सुमो, हाइस, स्कोर्पियो, कारका लागि टिकट बुकिङ वा हायर गर्न मिल्ने व्यवस्था ल्याएको हाे ।
यो सेवा वेबसाइट, एन्ड्रोइड एप र फेसबुक पेजबाट बुक गर्न सकिन्छ । साथै मोबाइल नम्बर ९८४३७०३९६६ र ९८०६८२५५१६ मा सम्पर्क गरेर पनि टिकट बुक गर्न सकिन्छ । कम्पनीकाे वेबसाइट र एपबाट याे सेवा लिन मुख्य दुईवटा चरण पार गर्नुपर्नेछ ।

पहिलो चरण
- गाडीकाे प्रकार छनाेट गर्नुहाेस् ।
- जाने ठाउँ छनाेट गर्नुहाेस् ।
- आउने ठाउँ छनोट गर्नुहोस् ।
- मिति छनाेट गर्नुहाेस् ।
- यात्रुकाे संख्या छनाेट गर्नुहाेस् ।
- ‘सर्च’ क्लिक गर्नुहाेस् ।
दाेस्राे चरण
- नाम इन्टर गर्नुहाेस् ।
- माेबाइल नम्बर इन्टर गर्नुहाेस् ।
- मिति इन्टर गर्नुहाेस् ।
- म्यासेज इन्टर गर्नुहाेस् ।
- सबमिट गर्नुहाेस् ।

सबमिट गर्रपछि ओके जर्नीले तपाईंका लागि चाहिने गाडीकाे विकल्प दिनेछ भने यात्रुला कल ब्याक गर्नेछ ।
पैसा कसरी तिर्ने ?
- गाडीमै आएर तिर्न सकिन्छ ।
- ईसेवा, खल्ती, आईएमई पे, मोबाइल बैंकिङ लगायतबाट यसको लागि पेमेन्ट गर्न सकिन्छ ।
पुरस्कारको व्यवस्था
- पहिलो भाग्यशाली विजेतालाई आईफोन
- दोस्रो भाग्यशाली विजेतालाई सामसङ स्मार्टफोन
- तेस्रो भाग्यशाली विजेतालाई आउने/जाने टिकट निःशुल्क (ओके जर्नीबाट बुक गरिएको हुनुपर्ने)
उपलब्ध ठाउँ
याे सेवा देशका विभिन्न २० भन्दा बढी ठाउँमा उपलब्ध छ । काठमाडाैं, विराटनगर, काँकडभिट्टा, चितवन, इटहरी, नेपालगञ्ज, सर्लाही, राैतहट, पाेखरा, महेन्द्रनगर, रामेछाप, हुम्ला, जुम्ला, दाङ, रूकुम लगायतका ठाउँमा उपलब्ध हुनेछ ।
याे पनि पढ्नुहाेस् : नेपालीले बनाए इन्टरनेट बिना भिडियो हेर्न मिल्ने ‘ओकेट्युव’
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
