काठमाडौं । नेपालका दुई ठूला ईकमर्स कम्पनीबीचको घोचपेच सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । दशैं तिहार लगायतका चाडबाड नजिकिँदै गर्दा अफरको नाममा दुई कम्पनीबीच सामाजिक सञ्जालमा जुहारी चल्न थालेको हो ।
दराज अनलाइन शपिङको फेसबुक पेजबाट सस्तो डिलले आफ्नो साइटको तस्वीर नै कपी गरेको सार्वजनिक गर्दै अर्को पटक कपी नगर्न भन्दै मिम बनाएको छ । सस्तो डिलले भने तस्वीर कपी भएको विषयमा कुनै किसिमको क्षमायाचना गरेको छैन ।
Maybe not copy our images next time? Get a better deal at #DarazDashainDhamaka at just Rs. 2650 ?. Shop here: https://click.daraz.com.np/e/_eDmpv
Posted by Daraz Online Shopping on Friday, October 16, 2020
उसले उल्टै दराजको मजाकको जवाफमा तस्वीरमा आफूहरु चुकेको भए पनि डिलमा भने नचुकेको दाबी गरेको छ । नेक्सा ब्राण्डको मिस्क्चर तथा ग्राइन्डरमा दुवै ईकमर्स कम्पनीमा फरक फरक मूल्य राखिएको छ ।
Oops! …we screwed up our images but not our deals. BIG DEAL @ SASTODEAL happening now! Shop Big –> https://bit.ly/3lN1X0U . Use Code BIGDEAL325 to get extra Rs 325 off
Posted by Sastodeal on Friday, October 16, 2020
दशैं धमाकाको अफरसहित दराजमा २६५० रुपैयाँ रहेको उक्त उत्पादनलाई सस्तो डिलले भने २५४९ रुपैयाँमा अफर गरेको छ । दुई कम्पनीको जुहारी चलिरहँदा नेक्सा ब्राण्डले भने सित्तैको प्रचार पाएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
