close

यस्तो पनि !, युट्युबमा २ करोड ‘सब्सक्राइबर’ पुग्दा २ करोड नै वृक्षारोपण

टेकपाना टेकपाना

कात्तिक १५, २०७६ १०:०

यस्तो पनि !, युट्युबमा २ करोड ‘सब्सक्राइबर’ पुग्दा २ करोड नै वृक्षारोपण

युट्युब स्टार मिस्टर बिस्ट आफ्ना अनेक रोचक भिडियो बाहेक यसपटक अर्कै कामले गर्दा इन्टरनेटको दुनियाँमा चर्चामा छन् । युट्युबका आफ्नै एक ‘सब्सक्राइबर’ले दिएको चुनौतिलाइ स्विकार गर्दै उनी २ करोड वृक्षारोपणको अभियानमा लागेका छन् ।

यतिबेला उनको युट्युबमा २ करोड ५० लाखभन्दा बढी सब्सक्राइबर पुगिसकेका छन् । वास्तविक नाम जिम्मी डोनाल्डसन भएपनि युट्युब च्यानलको मिस्टरबिस्ट नामबाटै चर्चित यिनले आफ्नो अभियानको लागि अहिले रकम संकलन गरिरहेका छन् ।

उनको अभियानलाई एलन मस्क, ज्याक डोर्से लगायत चर्चित ब्यक्तिले समेत साथ दिएका छन् । अहिलेसम्म उनले यो अभियानबाट ८२ लाख डलर संकलन गरिसकेका छन् । यही शुक्रबार सुरु गरिएको वृक्षारोपण अभियानलाई ‘टिमट्रीजक्याम्पेन’ नाम दिइएको छ । अहिलेसम्म यो अभियानमा तीन लाख बढीले सहयोग गरिसकेका छन् ।

स्पेस एक्स र टेस्ला कारका संस्थापक एलन मस्कले उनको अभियानलाइ १० लाख डलर मात्र सहयोग गरेनन् आफ्नो ट्विटर एकाउन्टको नाम परिवर्तन गरेर ‘ट्रीलोन’ नै बनाए । आर्बर फाउन्डेसन मार्फत कार्यान्वयन गरिने यो परियोजनाका लागि विश्वभर स्थानीय सहजकर्ता खोजिनेछ र प्राप्त हरेक डलर वृक्षरोपणका लागि प्रयोग हुनेछ । उनीहरूले यो अभियान २०२२ सम्म पूरा गर्ने लक्ष्य राखेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३