close

सामाजिक सञ्जालमा पोस्ट गर्ने उपयुक्त समय कुन ? यसरी बटुल्नुहोस् धेरैभन्दा धेरै लाइक र कमेन्ट

टेकपाना टेकपाना

मंसिर १४, २०७७ १९:५२

सामाजिक सञ्जालमा पोस्ट गर्ने उपयुक्त समय कुन ? यसरी बटुल्नुहोस् धेरैभन्दा धेरै लाइक र कमेन्ट

काठमाडौं । सामाजिक सञ्जालमा कुनै कुरा पाेस्ट गुर्नको उद्देश्य धेरै हुन्छन् । त्यसमध्ये कतिपय पोस्ट धेरै प्रयोगकर्तामाझ पुगोस् भन्ने चाहना हुन्छ। अझ मार्केटिङको हिसाबले त योभन्दा अर्को विकल्प नै छैन ।

भिजिटर धेरै आवश्यक छ, धेरै मान्छेमा पुगोस् भन्ने चाहना राख्ने हामीले कुन समयमा पोस्ट गर्दा राम्रो हुन्छ भन्ने विषय नसोचेको हुन सक्छौं ।

यसैबीच सामाजिक सञ्जालको विषयमा अध्ययन गर्ने संस्था जेनेसिसले सामाजिक सञ्जालमा कुन दिन र कुन समयमा पोस्ट गर्दा बढी पहुँच पुग्छ भन्ने विषय सार्वजनिक गरेको छ ।

उक्त संस्थाका अनुसार पाेस्टकाे रिच र त्यसमा मान्छेको सहभागितामा धेरै कुराले निर्भर गर्छ । तर, त्यसमध्ये पोस्ट गर्ने समय र दिन पनि एउटा हो । त्यसैले यदि तपाईं आफ्नो पोष्ट धेरैले हेरुन् भन्ने चाहनुहुन्छ भने यहाँ उल्लेख गरेअनुसार आफ्नो पाेस्टको सेड्युल बनाउन सक्नुहुनेछ ।

स‌ंस्थाले फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्ड्इन, युट्यवमध्ये कुन सामाजिक सञ्जालमा कुन दिन र कुन समयमा पाेस्ट गर्ने भन्ने विषय तलको इन्फ्रोग्राफिक्समा उपलब्ध छ :

Social media best posting times

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०