स्मार्टवाचको बिक्रीमा आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आधिपत्य बढाएको छ । सन् २०१९ को तेस्रो त्रैमासिकमा विश्वभर बिक्री भएका कूल स्मार्ट वाचको संख्यामा एप्पलको हिस्सा ४८ प्रतिशत देखिएको छ ।
बजार विश्लेषण गर्ने अमेरिकी कम्पनी स्ट्र्याटेजी एनालिटिक्सका अनुसार अघिल्लो वर्ष एप्पलको बजार हिस्सा ४५ प्रतिशत मात्रै थियो, यो त्रैमासिकमा कम्पनीले बिक्री बढाउँदै आफ्नो प्रभाव विस्तार गरेको हो ।
सन् २०१९ को तेस्रो त्रैमासिकमा स्मार्टवाचको बजार ४२ प्रतिशतले बढेको छ । यो अवधिमा १ करोड ४० लाख स्मार्टवाचन डिभाइस बिक्री भएको जनाइएको छ । बजारमा एप्पल वाचलाई फिटबिट र सामसङले टक्कर दिएका भए पनि बिक्रीका हिसाबले एप्पल धेरै नै अगाडि देखिएको छ ।
दुई साता अघि मात्रै स्मार्टवाच निर्माता फिटबिटलाई गुगलले किन्ने निश्चित भएको थियो । गुगलले फिटबिट किनेसंगै स्मार्टवाच बजारमा एप्पलले बलियो प्रतिस्पर्धी भेट्ने आंकलन छ ।