close

यस्ता छन् वर्षकै टप ट्रेन्डिङ १० युट्युव भिडियो

टेकपाना टेकपाना

मंसिर २७, २०७७ १३:४६

यस्ता छन् वर्षकै टप ट्रेन्डिङ १० युट्युव भिडियो

काठमाडौं । गत साता युट्युवको कल्चर एण्ड ट्रेन्डका प्रमुख केभिन अलोकाले २०२० का टप ट्रेन्डिङ भिडियो र कृयटरको घोषणा गरे । यस वर्ष अमेरिकी बजारमा टप ट्रेन्डिङमा आएका १० भिडियोमा सबैभन्दा छोटो ७ः५९ मिनेट तथा सबैभन्दा लामो भिडियो ४१ः४७ मिनेटको रहेको छ ।

टप ट्रेन्डिङमा पर्न सफल भिडियोको औषत लम्बाई भने १८ः३३ र मेडियन लम्बाई भने १५ः४३ तथा १७ः१३ मिनेट छ । तर धेरैजसो क्रियटरले भने त्यसभन्दा निकै छोटा भिडियो अपलोड गर्ने गरेका छन् ।

समग्रमा टप टेन ट्रेन्डिङमा परेका भिडियो ३५६ मिलियन पटक तथा करिब ४८ मिलियन घण्टा हेरिएका छन् । यी भिडियो हुने च्यालको कूल सब्सक्राइबर संख्या १७५ मिलियन रहेका थिए ।

यस्ता छन् टप टेन भिडियोः

१. नेटफ्लिक्स इज अ जोक

टप ट्रेन्डिङमा रहेको यो भिडियो २७ः२० मिनेट लामो छ भने यो गत जुन ११ मा अपलोड गरिएको थियो । जसले २९.२ मिलियन भ्यूज, ८९५,००० लाइक र ८७,००० कमेन्ट पाएको छ ।

https://youtu.be/3tR6mKcBbT4

२. मार्क रोबरः

गत २४ मे महिनामा युट्युवमा अपलोड भएको यो भिडियो २१ः३९ मिनेट लामो छ । शैक्षिक विषयवस्तु समेटिएको यो भिडियोले ५१.१ मिलियन भ्यूज, १.८ मिलियन लाइक र ७९,७०० कमेन्ट बटुलेको छ ।

३. एसएनएल- फर्स्ट डिबेट कोल्ड ओपेन

टप ट्रेन्डिङमा परेको यो भिडियो अक्टुबर ४ मा अपलोड भएको थियो । मनोरञ्जनात्मक सामग्री सहितको यो भिडियोले ३० मिलियन भ्यूज, ५६०,००० लाइक र ६०,७०० कमेन्ट प्राप्त गरेको छ ।

४. जिफ्रीस्टार- वि ब्रोक अपः

१७ः१५ मिनेट लामो यो भिडियो युट्युवमा जनवरी ११ का दिन अपलोड भएको थियो । यो भिडियोले ३३.१ मिलियन भ्यू, १.५ मिलियन लाइक र २४३,००० कमेन्ट पाएको थियो ।

५. एमआरबेस्ट- आई बाउट द वर्ल्ड्स लार्जेस्ट फायरवर्क (डलर ६००,०००)

टपट्रेन्डिङमा परेको यो भिडियोको लम्बाई ११.०८ मिनेट रहेको छ, जुन गएको जुलाई ३ मा अपलोड गरिएको थियो । मनोरञ्जनात्मक यो भिडियोले ५७.३ मिलियन भ्यू, २.५ मिलियन लाइक र १५३,४०० कमेन्ट बटुलेको थियो ।

६. निक्की ट्युटोरियल- आई एम कमिङ आउट

यो भिडियोको लम्बाई १७.१३ मिनेट रहेको छ । जुन गएको जनवरी १३ का दिन युट्युवमा राखिएको थियो । उत्प्रेरणामूलक यो भिडियोले ३६.४ मिलियन भ्यू, ३ मिलियन लाइक र ३५६,५०० कमेन्ट प्राप्त गरेको छ ।

७. ड्रिम- माइनक्राफ्ट स्पिडरनर भीएस ३ हन्टर्स ग्रान्ड फिनाले

अगस्ट ७ मा अपलोड भएको यो टप ट्रेन्डिङको भिडियो ४१ः४७ मिनेट लामो छ । शैक्षिक सामग्रीमा केन्द्रीत यो भिडियोले ५२.१ मिलियन भ्यूज पाएको छ भने २.६ मिलियन लाइक र २३३,२०० कमेन्ट बटुलेको छ ।

८. एनबीसी- रिक्की गार्भियस मोनोलग- २०२० गोल्डेन ग्लोब्स

यो भिडियो १०ः४६ मिनेट लामो छ, जुन गत जनवरी ९ मा युट्युवमा अपलोड गरिएको थियो । मनोरञ्जनात्मक यो भिडियोले २८.६ मिलियन भ्यूज, ५७४,००० लाइक र ६६,५०० कमेन्ट पाएको छ ।

९. डुडे पर्फेक्ट- क्वारेन्टिन स्टेरियटाइप्स

टप ट्रेन्डिङको यो भिडियो ९ः४२ मिनेट लामो छ । जुन गत अप्रिल २७ मा अपलोड गरिएको थियो । मनोरञ्जनात्मक यो भिडियोले ४१.५ मिलियन भ्यूज, ८९४,००० लाइक र ६०,९०० कमेन्ट पाएको छ ।

https://www.youtube.com/watch?v=eZUKSxE2UZg

१०. समगुडन्यूज- सम गुड न्युज विथ जोन कार्सिन्सकी- ईपी १

यो भिडियो १५ः४३ मिनेट लामो छ । जुन गत मार्च २९ मा युट्युवमा अपलोड गरिएको थियो । उत्प्रेरणात्मक यो भिडियोले १८.४ मिलियन भ्यूज, ७५४ लाइक र ३०,३०० कमेन्ट बटुलेको छ ।

यी भिडियोबाट हामी महत्वपूर्ण निश्कर्ष के निकाल्न सक्छौं भने २ः०० देखि ३ः०० भन्दा लामा भिडियोहरु ट्रेन्डिङमा आइरहेका हुन्छन् । जुन चाहिँ भिडियो क्रियटरका लागि एउटा महत्वपूर्ण पाठ पनि हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४