close

तोडमोड गरेको आफ्नै तस्वीर इन्स्टामा राखेपछि इरानी किशोरीलाई १० वर्षको जेल सजाय

टेकपाना टेकपाना

मंसिर २८, २०७७ ८:५७

तोडमोड गरेको आफ्नै तस्वीर इन्स्टामा राखेपछि इरानी किशोरीलाई १० वर्षको जेल सजाय

काठमाडौं । आफ्नो अनुहारलाई तोडमोड गरेर अनलाइनमा पोस्ट गर्ने एक इरानी युवतीलाई दश वर्षको कैद सजाय भएको छ । सामाजिक सञ्जालमा शहर ताबर नाम राखेकी १९ वर्षीया फतेमिह खिसभन्दलाई उनको अनलाइन गतिविधिका कारण गत वर्ष नै प्रहरीले गिरफ्तार गरेको हो ।

चार लाख ८६ हजार इन्स्टाग्राम फलोअर भएकी फतेमिहले इन्स्टामा आफ्नो डरलाग्दो जोम्बिज अनुहार एडिट गरेर अपलोड गरेकी थिइन् । इरानी अदाललते ती युवतीले युवाहरुलाई बिगारेको र इस्लामिक गणतन्त्रको कानूनलाई अवज्ञा गरेको ठहर गरेको हो ।

केही महिना अघि कोभिड १९ देखा परेपछि उनी हिरासतबाट बाहिर आएकी थिइन् । आफ्ना केही तस्वीरमा हलिउड अभिनेत्री एन्जेलिना जोली जस्तै देखिने फतेमिहले अभिनेत्री जोलीलाई आफ्नो रिहाईका लागि अभियान चलाउन आह्वान गरेको थिइन् ।

उनी इस्लामिक गणतन्त्र मुलुक इरानले महिलाहरुलाई दमन गरेको इतिहासको बर्खिलाप उभिएकी थिइन् । अदालतले उनलाई पहिले त ईश्वर निन्दाको आरोप लगाएको द गार्जियनले लेखेको छ ।

साथै हिंसा भड्काउने गतिविधि गरेको, अनुपयुक्त माध्यमबाट कमाई गरेको र युवाहरुलाई भ्रष्ट हुन प्रेरित गरेको आरोप समेत उनीमाथि छ । चार आरोपमध्ये दुई वटाबाट भने उनले उन्मुक्ति पाइसकेकी छिन् ।

अझै पनि कानुनबाट क्षमा पाउने फतेमिहको अपेक्षा छ । गत अक्टोबरमा उनले आम माफी समेत मागेको थिइन् । जसले आम मानिसहरुबाट निकै ठूलो सहानुभूति पनि हासिल गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४