close

भारतमा परीक्षणका लागि इन्स्टाग्राम लाइट एप पुनः सार्वजनिक गर्दै फेसबुक

टेकपाना टेकपाना

पुस ३, २०७७ १०:१

भारतमा परीक्षणका लागि इन्स्टाग्राम लाइट एप पुनः सार्वजनिक गर्दै फेसबुक

काठमाडाैं । इन्स्टाग्राम लाइट विश्वभर बन्द गरेको केही महिना नबित्दै त्यसलाई पुनः परीक्षण गर्न फेसबुक जुटेको छ ।

एपमा व्यापक सुधार गर्दै भारतमा परीक्षणका लागि सार्वजनिक गर्ने तयारी फेसबुकले गरेको हो । विश्वभर सार्वजनिक गर्नुअघि नयाँ एपको महत्वपूर्ण विशेषता र अवस्था प्राप्त गर्न सक्ने इन्स्टाग्रामको अपेक्षा छ ।

नयाँ इन्स्टाग्राम लाइट एप २ एमबीभन्दा कम हुने र यसले छिटै विश्वसनीय अनुभूति प्रदान गर्ने फेसबुकको दाबी छ ।

एन्ड्रोइडमा उपलब्ध यस एपले अहिलेलाई बङ्गला, गुजराती, हिन्दी, कन्नड, मल्यालम, मराठी, पन्जाबी, तामिल तथा तेलेगु भाषालाई सपोर्ट गर्दछ । यद्यपी यसमा रिल्स, सपिङ तथा आइजीटिभी जस्ता इन्स्टाग्राममा चर्चित फिचर भने उपलब्ध हुने छैन ।

फेसबुकले यस वर्षको सुरुवातमा इन्स्टाग्राम लाइटमा समस्या देखिएको जनाउँदै यसमा कम्पनी काम गरिरहेकोले लाइट एप बन्द गरेको बताएको थियो ।

हाई एण्ड स्मार्टफोन र तिव्र तथा सस्तो डेटा नभएका उदयीमान बजारमा लाइट एप विशेष रुपमा लोकप्रिय हुने गरेका छन् ।

गत महिना भारतमा मात्र लाइट एपको ४ करोड मासिक सक्रिय प्रयोगकर्ताहरु थिए । यस्तै म्यासेन्जर लाइट एपको भने एक करोड ३० लाख सक्रिय मासिक प्रयोगकर्ता छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४