close

स्न्यापड्रागन ८८८ सहित सोमबार सार्वजनिक हुँदै साओमी एमआई ११, यस्तो छ फिचर र मूल्य

टेकपाना टेकपाना

पुस ११, २०७७ ११:४८

स्न्यापड्रागन ८८८ सहित सोमबार सार्वजनिक हुँदै साओमी एमआई ११, यस्तो छ फिचर र मूल्य

काठमाडौं । साओमीले आफ्नो पछिल्लो फ्ल्यागशिप स्मार्टफोन ‘एमआई ११’ र ‘एमआई ११ प्राे ’ आउँदो पुस १३ गते सोमबारका दिन सार्वजनिक गर्ने भएको छ । चीनमा हुने एक इभेन्टमार्फत यी माेडल सार्वजनिक गरिनेछ ।

सार्वजनिक हुनुअघि नै लिक र टिजरबाट केही फिचर बाहिर आइसकेको छ । एमआई १० सिरिज फोनको लोकप्रियतापछि साओमीले एमआई ११ र ११ प्रो ल्याउन लागेको हो । नयाँ एमआई ११ डिभाइस यसअघिका एमआई सिरिजभन्दा अझै प्रिमियम हुने आशा गरिएको छ ।

क्वालकमले भर्खरैमात्र सार्वजनिक गरेको फ्ल्यागशिप चिपसेट स्न्यापड्रागन ८८८ का साथ उक्त फोन सार्वजनिक हुनेछ । यो सँगै क्वालकमको फ्ल्यागशिप चिपसेट प्रयोग हुने यो नै पहिलो स्मार्टफोन हुने भएको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार उक्त फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १२ मेगापिक्सेलको टेलिफोटो मोड्युल रहनेछ । यसमा क्यूएचडी प्लस १२० हर्ज रिफ्रेश रेट भएको डिस्प्ले रहेको छ ।

साओमी एमआई ११ दुई भेरियन्टमा आउने अपेक्षा गरिएको छ । जसको कलर भेनिला हुनेछ । मूल्यकाे कुरा गर्दा यसकाे ८/१२८ जीबी अप्सनका लागि ४५ सय चिनियाँ यूआन अर्थात् नेपाली ८० हजार रूपैयाँकाे हारहारीमा हुने अनुमान गरिएकाे छ ।

त्यस्तै ८/२५६ जीबी भेरियन्टका लागि ४८०० चिनियाँ यूआन अर्थात् ८६ हजार नेपाली रूपैयाँकाे हारहारीमा मुल्य रहने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०