close

क्वालकमलाई पछि पार्दै मिडियाटेक बन्यो विश्वको नम्बर वान चिपसेट निर्माता

टेकपाना टेकपाना

पुस ११, २०७७ १०:४३

क्वालकमलाई पछि पार्दै मिडियाटेक बन्यो विश्वको नम्बर वान चिपसेट निर्माता

काठमाडौं । ताइवानी चिपसेट निर्माता कम्पनी मिडियाटेकले अमेरिकी चिपसेट निर्माता कम्पनी क्वालकमलाई पछाडि पारेको छ । मिडियाटेक पहिलो पटक स्मार्टफोन प्रोसेसर तयार पार्ने विश्वको सबैभन्दा ठूलो कम्पनी बनेको हो ।

ताइवानी कम्पनीका लागि विशेषगरी सन् २०२० को वर्ष राम्रो रह्यो । काउन्टर प्वाइन्टको रिपोर्टअनुसार मिडियाटेकको सफलतामा चीन र भारतको निकै ठूलो योगदान छ ।

किनभने यस क्षेत्रमा मिडरेञ्ज स्मार्टफोनको बिक्री बढी हुने गर्दछ र यो कम्पनी तिनै बजेट रेञ्जका स्मार्टफोनमा बढी ध्यान दिइरहेको छ । सन् २०२० को तेस्रो त्रैमासिकमा स्मार्टफोन चिपसेटमा मिडियाटेकको बजार हिस्सा ३१ प्रतिशत रह्यो ।

जब कि दोस्रो स्थानमा परेको क्वालकमको बजार २९ प्रतिशत छ । यो सूचीमा हाईसिलिकन तेस्रो स्थानमा, दक्षिण कोरियन कम्पनी सामसङ चौथो नम्बरमा र एप्पल पाँचौं नम्बरमा छन् ।

श्रोतः काउन्टर प्वाइन्ट

यद्यपि फाइभजी चिपसेटको कुरा गर्ने हो भने त्यसमा सबैभन्दा ठूलो बजार हिस्सा अझै क्वालकमसँगै रहेको छ । सन् २०२० को तेस्रो त्रेमासिक अवधिमा फाइभजी मोबाइल चिपसेटमा अमेरिकी कम्पनी क्वालकमको बजार हिस्सा ३९ प्रतिशत छ ।

काउन्टर प्वाइन्टका अनुसन्धान निर्देशक डले गेईले २०२० को तेश्रो त्रैमासिकमा मिडियाटेकको मार्केट शेयर बढ्नुको पछाडि तीनवटा कारण रहेको बताएका छन् । उनका अनुसार उदाउँदा बजारमा मिड रेञ्जका स्मार्टफोनको प्रदर्शन निकै बलियो रह्यो ।

यसबाहेक दिग्गज स्मार्टफोन निर्माता कम्पनीहरुले समेत मिडियाटेकको प्रोसेसर प्रयोग गर्न थालेका छन् । रिपोर्ट अनुसार अमेरिकामा ह्वावेमाथि प्रतिबन्ध लाग्दाको फाइदा पनि मिडियाटेकले उठाएको छ ।

साओमीका स्मार्टफोनमा समेत मिडियाटेक चिपसेट राख्न थालिएको छ । यसै कारण कम्पनीले राम्रो प्रदर्शन गर्न सकेको हो ।

त्यसो त काउन्टर प्वाइन्टका अनसन्धान निर्देशकले अमेरिकी चिपसेट निर्माता क्वालकमलाई हाईसिलिकनको सप्लाईसँग जोडिएको समस्याले समेत लाभ पुगेको छ । यद्यपी यसका बावजूद क्वालकमले मिडियाटेकको कडा टक्करको सामना गर्नुपर्‍यो ।

आउँदो वर्ष २०२१ मा मिडियाटेकले क्वालकमलाई थप कडा चुनौती दिने अनुमान गरिएको छ । किनभने क्वालकम फाइभजी चिपसेटमा केन्द्रित छ भने अर्कोतर्फ मिडियाटेक मिडरेञ्ज सेग्मेन्टमा आफ्नो पकड मजबूत बनाउन लागेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०