close

२५ लाखको चिठ्ठा परेको भन्दै ठगी गर्ने भोला महतो प्रहरी खोरमा

टेकपाना टेकपाना

माघ ८, २०७७ १४:१०

२५ लाखको चिठ्ठा परेको भन्दै ठगी गर्ने भोला महतो प्रहरी खोरमा

बारा । सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहमा संलग्नमध्येका प्रसौनी गाउँपालिका ४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

महतोले महागढीमाई नगरपालिका ३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिट्ठा परेको र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनी विभिन्न प्रलोभन दिई उक्त रकम ठगी गरी फरार रहेका थिए ।

महतो उपर ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३