close

सेक्युरिटी अडिटरको रोस्टरमा दर्ता हुने समय अवधि थप

टेकपाना टेकपाना

माघ १४, २०७७ १५:१२

सेक्युरिटी अडिटरको रोस्टरमा दर्ता हुने समय अवधि थप

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार कम्पनीहरुको साइबर सेक्युरिटी अडिटका लागि अडिटरको रोस्टर तयार पारिरहेको छ ।

दूरसञ्चार सेवा प्रदायकहरुले इन्फर्मेशन सेक्युरिटी अडिटर र क्लाउड अडिटरबाट अडिट गर्नुपर्ने भएकाले त्यसका लागि प्राधिकरणले रोस्टर बनाउने काम अघि बढाएको हो ।

त्यसका लागि प्राधिकरणले पुस १५ गते पहिलो पटक सुचना जारी गरेको थियो । उक्त सूचनाका आधारमा हालसम्म कुल १२ वटा कम्पनीले नाम दर्ता गराएका छन् । जसमा ६ वटा नेपाली कम्पनी, ४ वटा भारतीय कम्पनी तथा मलेसिया र युएईको एक-एक कम्पनी रहेका छन् ।

यसअघि गत साउनमा प्राधिकरणले साइबर सेक्युरिटी विनियमावली २०७७ लागू गरेको थियो । उक्त विनियमावलीमा दूरसञ्चार सेवा प्रदायकले हरेक आर्थिक वर्षमा बाहिरको अर्थात सरकारले तोकेको आईएस अडिटर तथा क्लाउड अडिटरबाट अडिट गराउनुपर्ने प्रावधान राखेको छ ।

‘उक्त प्रावधान अनुसार अब प्राधिकरणले अडिटर तोक्नुपर्ने छ,’ प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘त्यसका लागि आईएस र क्लाउड अडिटरका लागि रोस्टर तयार पार्न लागिएको हो ।’

रोस्टर नै तयार पार्नुपर्ने भएकाले अझ थप कम्पनीबाट आवेदन आउने अपेक्षाका साथ समय थप गरिएको रोय बताउँछन् । रोयका अनुसार रोस्टरमा सूचीकृत हुनका लागि भने तोकिएको प्रावधान पुरा भएको हुनुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४