close

साइबर अपराध मुद्दामा पूर्वसचिव उपाध्यायले पाए सफाई

टेकपाना टेकपाना

माघ १८, २०७७ १८:२६

साइबर अपराध मुद्दामा पूर्वसचिव उपाध्यायले पाए सफाई

काठमाडौं । सामाजिक सञ्जालमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा साइबर अपराध मद्दा खेपिरहेका नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले सफाई पाएका छन् । उनलाई आइतबार काठमाडौं जिल्ला अदालतले सफाई दिएको हो ।

सामाजिक सञ्जालमा सरकारको खरो आलोचना गर्दै आएका सचिव उपाध्यायलाई नेपाल प्रहरीको साइबर ब्युरोले वैशाख १० गते बुधबार पक्राउ गरेको थियो । प्रक्राउ परेको केही दिनपछि धरौटीमा रिहा भएका उपाध्यायलाई ९ महिनापछि अदालतले सफाई दिएको हो ।

उपाध्यायले यसबारे फेसबुक पेजमा ‘खुसीको कुरा’ भन्दै यसबारे जानकारी दिएका छन् । उनले अदालतको यो निर्णयले लोकतन्त्रमा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा भएको समेत बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१