close

आन्तरिक राजस्व विभागको ट्याक्स सिस्टम अवरुद्ध हुनसक्ने

टेकपाना टेकपाना

चैत ४, २०७७ २१:३०

आन्तरिक राजस्व विभागको ट्याक्स सिस्टम अवरुद्ध हुनसक्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको इन्टिग्रेटेड ट्याक्स सिस्टमको सेवा अवरुद्ध हुनसक्ने देखिएको छ । आउँदो शुक्रबार बेलुकी ४ बजेदेखि ७ गते शनिबार बेलुकी ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्ने विभागले जनाएको हो ।

यसअन्तर्गतका करदाता पोर्टल, अफिसर पोर्टल, ई-आईएमएस र एपीआईहरुमा सेवा प्रभावित हुनसक्ने छ । विभागले सिस्टम अपग्रेड गर्नुपर्ने भएका कारण इन्टिग्रेटेड ट्याक्स सिस्टम अवरुद्ध हुनसक्ने भन्दै सूचना प्रकाशित गरेको हाे ।

‘यसबाट करदाता एवम् सरोकारवाला सबैमा पर्नसक्ने असुविधाप्रति आन्तरिक राजस्व विभाग क्षमाप्रार्थी छ,’ विभागको सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१