close

नागरिक एपमै लालपूर्जा र जग्गाको कित्ता, राजश्व अनलाइन तिर्ने सुविधा

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १३:८

नागरिक एपमै लालपूर्जा र जग्गाको कित्ता, राजश्व अनलाइन तिर्ने सुविधा

काठमाडौं । अब नागरिक एपबाटै आफ्नो लालपूर्जा तथा जग्गाको कित्ता अनलाइनमा हेर्न सकिने भएको छ । आइतबार नागरिक एपको औपचारिक सुरुवातका क्रममा यसको घोषणा गरिएको छ ।

नागरिक एपमा यो सेवा उपलब्ध भएपश्चात जग्गा धनीले आफ्नो लालपूर्जा र जग्गाको कित्ता हेर्नुका साथै प्रिन्ट गर्न समेत सक्नेछन् । यसका साथै जग्गाको कर तिर्ने सुविधा समेत नागरिक एपमै उपलब्ध हुने जनाइएको छ ।

मालपोत, नापी र राजस्व कार्यालयको सेवा नागरिक एपमा जोड्ने काम भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । अबको केही दिनमा यो सुविधा नागरिक एपमा पाउन सकिनेछ ।

भूमिसुधारको सेवा नागरिक एपमा जोडिएपछि आफ्नो जग्गा रोक्का वा फुकुवा रहेको जस्ता जानकारी समेत नागरिक एपमा देख्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१