close

क्यूआर कोड स्क्यान गरी प्रधानमन्त्रीले खोले नेपाल बैंकमा खाता

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १४:२

क्यूआर कोड स्क्यान गरी प्रधानमन्त्रीले खोले नेपाल बैंकमा खाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्यूआर कोड स्क्यान गरी अनलाइनबाट बैंकिङ खाता खाेलेका छन् । थप सरकारी सेवा सुविधासहित आजबाट औपचारिक सुरुवात गरिएको नागरिक एपमा क्यूआर कोडबाटै बैंक खाता खाेल्न सकिने सुविधा दिइएकाे छ ।

चौंथो राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सुरु गरिएको नागरिक एपमार्फत प्रधानमन्त्री ओलीले क्यूआर कोडमार्फत बैंक खाता खोलेका हुन् । ओलीले नेपाल बैंक लिमिटेडमा आफ्नो बैंक खाता खोलेका हुन् ।

योसँगै अब नागरिक एपबाटै अनलाइबाट बैंकको खाता खोल्ने सकिने भएको छ । पहिलो चरणमा यो सिस्टममा नेपाल बैंक, नेपाल वाणिज्य बैंक तथा सिद्धार्थ बैंक जोडिएका छन् ।

त्यसरी अनलाइनबाट खोलिने खाताको खाता नम्बर तत्कालै प्रयोगकर्तालाई उपलब्ध हुनेसमेत जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१