काठमाडाैं । स्पेसएक्स कम्पनीको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवाका लागि पाँच लाखभन्दा धेरै माग आइसकेको कम्पनीले बताएको छ ।
मंगलबार स्टारलिङ्कको २६औं मिसन प्रक्षेपण समारोहको प्रसारणमा बोल्दै स्पेसएक्सका अपरेसन इन्जिनियर शिव भाराद्वाजले त्यस्तो बताएका हुन् ।
उनका अनुसार हालसम्म पाँच लाखभन्दा धेरै मानिसहरुले स्टारलिङ्कको सेवाका लागि अर्डर दिनुका साथै डिपोजिट बुझाइसकेको छन् । कम्पनीले यति ठूलो संख्यामा सेवाको अर्डर आए पनि यो संख्या पछि परिवर्तन हुनसक्ने बताएको छ ।
सहरी क्षेत्रमा प्रयोगकर्ताहरुको उच्च घनत्व भएका कारण प्रारम्भिक सेवा संख्या सीमित हुने बताउँदै अहिले नै माग भएका जति सबैले सेवा नपाउने मस्कले आफ्नो ट्वीटरमा लेखेका छन् ।
Only limitation is high density of users in urban areas. Most likely, all of the initial 500k will receive service. More of a challenge when we get into the several million user range.
मस्कको स्पेसएक्सले स्टारलिङ्ककाे माध्यमबाट इन्टरकनेक्टेड इन्टरनेट नेटवर्क निर्माण गर्ने योजना बनाएको छ, जसमा उसले हजारौं सक्रिया भू-उपग्रहरु जोडिसकेको छ ।
पृथ्वीको जुनसुकै स्थानमा रहेका उपभोक्ताहरुलाई उच्च गतिको इन्टरनेट सुविधा दिनका लागि स्पेसएक्सले यो परियोजना सुरु गरेको हो ।
स्टारलिङ्कअन्तर्गत हाल पृथ्वीको अर्बिटमा १५ सयवटा स्याटेलाइट छन् । हाल यो इन्टरनेटको मासिक मूल्य ९९ डलर रहेको छ भने सुरुको इन्स्टलेसन सबै जोडी ४९९ सय डलर लाग्ने बताइएको छ ।