close

डिभोर्सपछि मेलिण्डालाई बिल गेट्सले दिए झण्डै ३ खर्ब मूल्यको स्टक

टेकपाना टेकपाना

बैशाख २३, २०७८ १५:२२

डिभोर्सपछि मेलिण्डालाई बिल गेट्सले दिए झण्डै ३ खर्ब मूल्यको स्टक

काठमाडौं । पछिल्लो समय विश्वका धनाढ्य बिल गेट्स र उनकी श्रीमती मेलिण्डाको सम्बन्धबिच्छेदको समाचारले निकै चर्चा बटुलिरहेको छ । यसै हप्ता यी शक्तिशाली परोपकारी जोडीले आफ्नो २७ वर्ष पुरानो वैवाहिक सम्बन्धको अन्त्य गर्ने घोषणा गरे ।

त्यसयता मेलिण्डाले बिल गेट्सबाट सम्पत्तिको कति हिस्सा पाउँछिन् भन्ने कुरा सबैको चासोको विषय बनेको छ । यसअघि विश्वका अर्का धनाढ्य जेफ बेजोस र म्याकेन्जी बेजोसको सम्बन्धबिच्छेद हुँदा म्याकेन्जीले पाएको एलिमनीले उनलाई विश्वकै धनाढ्य महिलाको सूचीमा उभ्याएको थियो ।

त्यसयता मेलिण्डाले एलिमनी कति पाउँछिन् र त्यसपछि बिल गेट्सको र्‍याङ्किङ कता पुग्छ भन्ने जिज्ञासा सबैको मनमा छ ।

हालै प्रकाशित समाचार अनुसार बिल गेट्सले काेकाकाेला बाेट्लर, मेक्सिकन ब्राेडकास्टर र अन्य कम्पनी गरी २.४ बिलियन डलर अर्थात् २ खर्ब ८३ अर्ब रूपैयाँभन्दा बढीकाे स्टक मेलिण्डाकाे नाममा ट्रान्सफर गरेका छन् ।

ब्लुमबर्गको रिपोर्टअनुसार मे ३ मा सेक्युरिटिज तथा एक्सचेन्ज आयोगको फाइलिङमा बिल गेट्सको स्वामित्व रहेको क्यासक्याड नामको इन्भेस्टमेन्ट कम्पनीबाट १ अर्ब ८० करोड डलरको स्टक मेलिण्डा गेट्सको स्वामित्वमा नामसारी गरिएकाे छ ।

जसमा क्यानेडियन रेलवे कोर्पाेरेसनको एक करोड ४० लाख शेयर छ, जसकाे मूल्य डेढ अर्ब डलर बराबर छ भने अर्को अटोनेसनको २९ लाख शेयर छ, जसकाे मूल्य ३० करोड ९० लाख डलर वरपर छ ।

मेलिण्डाले फाइल गरेको डिभोर्स पिटिसनमा सम्बन्धबिच्छेदसँगै सम्पत्ति र ऋणभार दुवैको अनुपातिक विभाजनमा समेत जोडीले सहमति जनाएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१