close

गुगलका कर्मचारीले हप्तामा ३ दिन अफिसबाट काम गर्नुपर्ने

टेकपाना टेकपाना

बैशाख २४, २०७८ १०:२१

गुगलका कर्मचारीले हप्तामा ३ दिन अफिसबाट काम गर्नुपर्ने

काठमाडौं । गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईंले आफ्ना कर्मचारीलाई हप्तामा ३ दिन कार्यालय आएर काम गर्न प्रोत्साहन गरेका छन् ।

कर्मचारीहरुलाई ईमेल लेख्दै उनले अमेरिकामा लकडाउन खुकुलो भएसँगै सीईओ पिचाईंले अफिसमै आएर काम गर्दा फाइदा हुने भन्दै यस्तो आग्रह गरेका हुन् ।

गत वर्ष काेभिड १९ ले महामारी रूप लिएसँगै ठूला कम्पनीमध्ये गुगलले सबैभन्दा पहिले ‘वर्क फ्रम हाेम’ काे अभ्यास सुरू गरेकाे थियाे । लकडाउन सहज भएसँगै गत अप्रिल महिनादेखि गुगलले आफ्नो कार्यालय सुचारु गरेको छ ।

अब भने कर्मचारीहरुलाई घर र कार्यालय दुबैबाट काम गर्ने (हाइब्रिड) विषयमा उसले खाका तयार गरेको छ । कम्पनीका अनुसार अब चार हप्ताभन्दा धेरै समय लगातार कार्यालयभन्दा बाहिरबाटै काम गर्नुपरेमा कार्यालयमा निवेदन दिनुपर्नेछ ।

अर्काेतर्फ ट्वीटर, फेसबुक जस्ता कम्पनीले अझै पनि कर्मचारीहरूका लागि घरबाटै काम गर्ने वातावरण मिलाएका छन् ।

-बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१