close

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

टेकपाना टेकपाना

जेठ ४, २०७८ ७:२६

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

ताप्लेजुङ । चालू आर्थिक वर्षभित्र एक करोड नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने योजना ल्याइएकाे छ । यस याेजनाअनुरूप राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशका विभिन्न ठाउउँमा विवरण संकलन कार्य गरिरहेकाे छ ।

यसैबीच ताप्लेजुङमा अहिलेसम्म चौबिस हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित पाँच वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको हो ।

जिल्लास्थित राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनका फोकल पर्सन सूर्यप्रसाद दाहालका अनुसार पाँचवटा स्थानीय तहमा कुल २४ हजार २०४ जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण भरेका छन् ।

कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा बढ्न थालेपछि भने राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको कार्य स्थगित भएको पनि ओलाङ्चुङगोला सीमा प्रशासन कार्यालयका अधिकृतसमेत रहेका फोकल पर्सन दाहालले जानकारी दिए ।

उनका अनुसार जिल्लाको फक्ताङ्लुङ गाउँपालिकामा चार हजार ६८६ जनाको विवरण सङ्कलन भएको छ । यस्तै आठराई त्रिवेणी गाउँपालिकामा पाँच हजार २६५ जना, मैवाखोला गाउँपालिकामा चार हजार २८२ जना, फुङ्लिङ नगरपालिकामा छ हजार ८९५ जनाको विवरण सङ्कलन भएको अधिकृत दाहालले बताए ।

त्यस्तै मेरिङ्देन गाउँपालिकामा वडा नं. १, २ र ३ मा मात्र विवरण सङ्कलन भएको छ । उक्त तीनवटा वडामा तीन हजार ७७ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भएको छ ।

वडा नं. ४, ५ र ६ गरी तीनवटा वडामा विवरण सङ्कलन हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र विवरण दर्ता कम्प्युटर अपरेटर वसन्त निरौलाले जानकारी दिए ।

निरौलाका अनुसार अब कोरोना सङ्क्रमण नियन्त्रणमा नआएसम्म अर्थात समय सहज भएपछि मात्र बाँकी स्थानीय तह लगायतमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य सञ्चालन हुने छ ।

जिल्लाका पाथीभरा याङ्वरक, सिरिजङ्घा, मिक्वाखोला र सिदिङ्वा गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न बाँकी रहेको छ । -गाेरखापत्र

याे पनि पढ्नुहाेस् : राष्ट्रिय परिचयपत्र के हाे र कसरी लाभ लिने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१