काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि भ्वाइस ओभर एलटीई सर्भिसको परीक्षण सञ्चालन गरेको छ । सेवाग्राहीमा परीक्षण थालेसँगै विभिन्न प्रश्न र जिज्ञासा पनि आइरहेका छन् ।
यसैबीच भीओएलटीई सर्भिसमा भिडिओ कलको पनि सुविधा टेलिकमले दिएको छ । तर यो कत्तिको गुणस्तरीय र सुलभ छ त भन्ने प्रश्न धेरैले गरिरहेका छन् । हामीले यही प्रश्न टेलिकमका प्रवक्ता राजेश जोशीसँग गरेका थियौं ।
जवाफमा उनी भन्छन् – ‘एलटीई डेटा सर्भिसका लागि हो । भीओएलटीई चैं भ्वाइस सेवा हो जुन, एलटीई प्लेटफर्ममा आधारित हुन्छ । एलटीई प्रयोग गरेर भिडिओ कन्फ्रेन्सिङ गर्न सक्नुहुन्छ, अनलाइन क्लास लिन सक्नुहुन्छ । फोरजी डेटाबाट चल्ने जति पनि सेवाहरू छन् सबै चलाउन सक्नुहुन्छ । यसमा कुनै लिमिटेशन रहँदैन ।
यसमा भिडिओ होस् वा अडियो कल, एचडी क्वालिटीसहितकाे हुन्छ । अर्काे कुरा यसमा ‘न्वाइज क्यान्सिलेसन’ अर्थात् ब्याकग्राउण्ड वा सिस्टमबाट आउने अवरोध हुँदैन ।’