काठमाडौं । आज राति आईएमई पेको सेवा अवरुद्ध हुनसक्ने देखिएको छ । नियमित मर्मतसम्भारका कारण यस्तो समस्या आउनसक्ने भन्दै कम्पनीले अग्रीम सूचना दिएको हो ।
कम्पनीका अनुसार आज राति १० बजेदेखि राति १२ बजेसम्म सिस्टम मर्मतको समय तालिका रहेको छ । जसका कारण यस अवधिमा आईएमई पे वालेटले राम्रोसँग काम नगर्न सक्छ ।
यसको अर्थ तपाईंले आईएमई पेमा रकम लोड गर्ने र त्यसबाट खर्च गर्ने कार्यमा झन्झटको सामना गर्नुपर्ने हुनसक्छ । कम्पनीले यसबाट पर्नजाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।
यदि तपाईं यो समय बीचमा कुनै भुक्तानी गर्ने विषयमा सोचिरहनु भएको छ भने त्यस अघि नै आफ्नो काम पुरा गर्नुहोस् ।