close

सामसङ ग्यालेक्सी एस२१ को फ्यान एडिसनमा स्न्यापड्रागन ८८८ हुने, यस्ता छन् लिक भएका फिचर

टेकपाना टेकपाना

जेठ ७, २०७८ २०:४६

सामसङ ग्यालेक्सी एस२१ को फ्यान एडिसनमा स्न्यापड्रागन ८८८ हुने, यस्ता छन् लिक भएका फिचर

काठमाडौं । यो वर्ष सामसङ ग्यालेन्सी एस लाइनअपमा थप नयाँ स्मार्टफोन आउँदै छ । कम्पनीले सामसङ ग्यालेन्सी एस२१ फ्यान एडिसन बजारमा ल्याउने तयारी गरेको छ ।

आउँदो दुई महिनासम्ममा यो फोनको मास प्रडक्सन हुने अनुमान गरिएको छ । गिकबेन्चकाे सूचीमा याे फाेनका केही फिचर लिक भएकाे छ ।

यसअन्तर्गत एन्ड्रोइड ११ मा चल्ने फोनमा स्न्यापड्रागन ८८८ चिपसेट, ६ जीबी र्‍याम, ६.४ इन्चको स्क्रिन रहने पक्का भएकाे छ ।

तर अन्य फिचरबारे कुनै पनि स्रोतले स्पस्ट जानकारी दिएका छैनन् । यो फोन ग्यालेन्सी जेड फोल्ड ३, ग्यालेक्सी जेड फ्ल्पि ३ सँगै अगस्टमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

Samsung Galaxy S21 FE will have Snapdragon 888, according to Geekbench

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१