close

३७ गुणाले बढ्यो ल्यापटपको आयात

टेकपाना टेकपाना

जेठ ९, २०७८ १९:५५

३७ गुणाले बढ्यो ल्यापटपको आयात

काठमाडौं । ल्यापटपको आयात ह्वात्तै बढेको देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक बर्ष २०७७/७८ को बैशाखसम्म ६ अर्ब रुपैयाँभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ ।

यो अहिलेसम्मकै उच्च आयात पनि हो । विभागका अनुसार बैशाखसम्म एक लाख ८ हजारभन्दा बढी थान ल्यापटप नेपाल भित्रिएका छन् । जबकि अघिल्लो आर्थिक बर्षभर नेपालले केवल १६ करोड ४७ लाख रुपैयाँका ल्यापटप आयात गरेको थियो ।

यस हिसाबले चालू आवको १० महिनामै ल्यापटपको आयात करिब ३७ गुणाले बढेको छ । तथ्यांक अनुसार नेपालले सबैभन्दा धेरै चीनबाट ५ अर्ब ६१ करोड रुपैयाँ बराबरका एक लाख दुई हजार थान ल्यापटप आयात गरेको छ ।

त्यसपछी मलेसियाबाट १६ करोड ६५ लाख रुपैयाँका करिब तीन हजार थान ल्यापटप आयात भएका छन् । यसबाहेक अन्य डेढ दर्जन देशबाट पनि सानो परिमाणमा ल्यापटप नेपाल आयात भएको तथ्यांकले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१