close

अब जीमेलबाट गुगल फोटोजमा सहजै फोटो पठाउन सकिने

टेकपाना टेकपाना

जेठ १४, २०७८ १३:१५

अब जीमेलबाट गुगल फोटोजमा सहजै फोटो पठाउन सकिने

काठमाडौं । अब जिमेलबाट गुगल फोटोजमा सहज रुपमा फोटा पठाउन सकिने भएको छ । कम्पनीले जीमेलमा ‘सेभ टु फोटोज’ बटन थप गर्दै यो सेवाको सुरुवात गरेको हो । यसको अर्थ अब तपाईंले जीमेलमा आएको फोटोलाई सोझै फोटोजमा सेभ गर्न सक्नुहुन्छ ।

यो फिचर पर्सनल जीमेल युजर, गुगल वर्कस्पेस, जी स्विट बेसिक, जी स्विट बिजनेश कस्टमर सबैलाई अबको केही हप्तापछि उपलब्ध हुने जनाइएको छ । याे फिचर जेपीईजी फोटोहरुको हकमा मात्रै लागू हुनेछ ।

यो फिचर उपलब्ध भएसँगै प्रयोगकर्ताले एक क्लिकमा जिमेलमा आएको फोटा गुगल फोटोजमा सेभ गर्न सक्नेछन् । आउँदो जून १ तारिखदेखि गुगल फोटोजमा नयाँ नियम लागू हुँदै छ ।

यसको अर्थ १ तारिखदेखि अब प्रयोगकर्ताले उच्च क्वालीटीका फोटोका लागि १५ जीबी मात्रै प्राप्त गर्नेछन् । यसअघि गुगल फोटोजमा अनलिमिटेड स्पेसकाे सुविधा थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१