close

बजार विस्तारमा निजी इन्टरनेट कम्पनी आक्रामक, ६ बर्षमा ५२ लाखले बढे ग्राहक

टेकपाना टेकपाना

जेठ १४, २०७८ १९:४१

बजार विस्तारमा निजी इन्टरनेट कम्पनी आक्रामक, ६ बर्षमा ५२ लाखले बढे ग्राहक

काठमाडौं । विगत छ वर्षको अवधिमा निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकका ग्राहकको संख्यामा व्यापक वृद्धि देखिएको छ । चालू आर्थिक वर्ष २०७७/०७८ को आर्थिक सर्वेक्षण अनुसार ६ वर्षमा यी कम्पनीहरुले करिब ५२ लाख ग्राहक बढाएका हुन् ।

६ वर्ष अघि अर्थात आर्थिक बर्ष २०७२/६३ मा सबै निजी इन्टरनेट कम्पनीका एक लाख ५९ हजार मात्र ग्राहक रहेकोमा गत फागुनसम्म ५३ लाख ४७ हजार ग्राहक पुगेका छन् । पछिल्लो समय फिक्स्ड इन्टरनेटप्रति आकर्षण बढ्दा निजी कम्पनीहरुले त्यसैअनुरुप आफ्नो बजार विस्तार गरिरहेका छन् ।

त्यस्तै कोरोना संक्रमणका कारण भर्चुअल गतिविधि बढ्दा इन्टरनेट जडान गर्नेको संख्या बढिरहेको छ । यसको लाभ निजी कम्पनीहरुले लिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१