काठमाडौं । साओमीले २०० वाट क्षमता भएकाे चार्जरको प्रदर्शनी गरेकाे छ । कम्पनीले हालै ट्वीटरमा गरेकाे ट्वीटमा याे चार्जरबाट ८ मिनेटमै ब्याट्री फुल भएकाे देखाइएकाे छ । साथै कम्पनीले १२० वाटकाे वायरलेस चार्जर पनि ल्याएकाे छ ।
वायर्ड र वायरलेस दुवै चार्जिङ प्रविधिमा यी उपकरण हालसम्मकै उच्च क्षमताकाे मानिएकाे छ । ४ हजार एमएएच ब्याट्री क्षमता भएको साओमी मि ११ प्रो स्मार्टफाेनमा यी चार्जरकाे परीक्षण गरिएकाे थियाे ।
यसअन्तर्गत वायर्ड चार्जरबाट ८ मिनेटमै ब्याट्री फुल भएकाे थियाे भने वायरलेस चार्जरबाट १५ मिनेटमा फुल चार्ज भएकाे थियाे । १० प्रतिशत चार्ज हुन वायर्ड चार्जरबाट ४४ सेकेण्ड लागेकाे थियाे भने वायरलेस चार्जरबाट एक मिनेट समय लागेकाे थियाे ।
व्यवसायिक रूपमा यो चार्जर बजारमा ल्याउनेबारे हाल कम्पनीले कुनै जानकारी दिएको छैन ।
Charge up to 100% in just 8 minutes using wired charging and 15 minutes wirelessly! #XiaomiHyperCharge