close

मोबाइल वालेटमै रेमिट्यान्स, प्रभु पेमा यसरी लिनुहाेस सेवा

टेकपाना टेकपाना

जेठ १८, २०७८ १८:१९

मोबाइल वालेटमै रेमिट्यान्स, प्रभु पेमा यसरी लिनुहाेस सेवा

काठमाडौं । पछिल्लो समय डिजिटल कारोबारले प्रोत्साहन पाएको छ । कोभिड–१९ को पहिलो लहरसँगै लागू गरिएको लकडाउन र सामाजिक दूरी कायम गर्नुपर्ने प्रावधानले डिजिटल कारोबारलाई बढाएको थियो । यतिसम्म भनिन्छ कि, नेपालले डिजिटल कारोबारमा अबको ५ वर्षमा पाउने सफलता कोभिडका कारण यही दुई वर्षभित्र हासिल गर्ने वातावरण बनेको छ ।

अहिले कोभिड–१९ को दोस्रो लहर चलिरहेको छ । जुन परिस्थितिको हिसाबले पहिलो लहरको तुलनामा अझ बढी सजग हुनुपर्ने अवस्था छ । सामाजिक दूरी कायम गर्नुपर्ने, घरभित्रै बस्नुपर्ने बाध्यता छ । अहिलको अवस्थामा बैंक तथा वित्तीय संस्था सहज पहुँचमा छैनन् । यात्रा गरेर बैंक तथा रेमिट्यान्सको कार्यालयमा पुग्ने वातावरण छैन ।

यस्तोमा डिजिटल कारोबारभन्दा अर्को विकल्प मुस्किलै छ । क्यासबाट गरिने कारोबारबाटै कोरोना फैलिन सक्ने भएकाले पनि त्यस्ता कारोबारलाई निरुत्साहित गर्नुपर्ने अवस्था आएको छ । अझ हामीमध्ये कतिपय परिवारबाट टाढा भएर बसेको हुनुपर्छ । रोजगारीका कारण तपाईं सहरमा र परिवार छुट्टै बसी रहनुभएको पनि हुनसक्छ । अथवा वैदेशिक रोजगारीको शिलशिलामा तपाईं अन्य मुलुकमा पुग्नुभएको पनि हुन सक्छ ।

यसरी परिवारबाट टाढा रहेको अवस्थामा आफन्तलाई पैसा पठाउने माध्ययम के हो त ? पक्कै पनि रेमिट्यान्स नै हो । यसको अर्थ त्यही पुरानो शैलीमा कार्यालय पुगेर फर्म भरी रेमिट्यान्स पठाउने भन्ने चाहिँ हैन । कोभिड–१९ सुरु भएसँगै गत वर्षबाट मोबाइलबाटै रेमिट्यान्स सेवा लिन सकिने सुविधा सुरु भएको थियो ।

यसको अर्थ तपाईंले आफ्ना आफन्त तथा साथीभाइलाई घरमै बसेर मोबाइलबाटै रेमिट्यान्स कम्पनीमार्फत स्वदेश भित्र पैसा पठाउन सक्नुहुन्छ । भने, विदेश तथा स्वदेशबाट पठाएको पैसा पनि मोबाइलमै पाप्त गर्न सक्नुहुन्छ । यो सेवा प्रभु पे, ईसेवा, खल्ती, आईएमई पे जस्ता डिजिटल भुक्तानी सेवाप्रदायकले उपलब्ध गराउँदै आएका छन् ।

उनीहरुले विभिन्न रेमिट्यान्स कम्पनीसँग सहकार्य गर्दै यस्तो सेवा उपलब्ध गराएउन थालेका हुन् । त्यसमध्ये यहाँ हामी तपाईंले प्रभु पे मार्फत कसरी पैसा आन्तरिक रुपमा पठाउन तथा विदेशबाट पठाएको पैसा वालेटमै प्राप्त गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं ।

यसरी वालेटमा प्राप्त भएको पैसा तपाईंले आजको दिनमा डिजिटल रुपमा आवश्यकता अनुसार कारोबार गर्न सक्नुहुनेछ । किनभने, हाल देशका लाखौं सेवा अनलाइनमा जोडिएका छन् । अनलाइनबाटै सामान खरिद गर्न सकिन्छ, बिजुलीको बिल भुक्तानी गर्न सकिन्छ, इन्टरनेट तथा टेलिफोनको बिल भुक्तानी गर्न सकिन्छ ।

हवाई सेवाको टिकेट, मोबाइल रिचार्ज, खानेपानीको बिल भुक्तानी लगायतका विभिन्न सेवाको भुक्तानी वालेटबाटै गर्न सकिने भएकाले पैसा हातमै हुनपर्छ भन्ने मान्यता विस्तारै अन्त्य हुँदै गएको छ । त्यसैले अब यहाँ हामी तपाईंले प्रभु पे मार्फत आन्तरिक रुपमा रेमिट्यान्स पठाउने र विदेशबाट आएको रेमिट्यान्स प्राप्त गर्ने प्रक्रिया क्रमिक रुपमा जानकारी दिँदै छौं ।

तर, त्योभन्दा पहिले तपाईंले यो ख्लाल गर्नुपर्ने हुन्छ कि तपाईंको प्रभु पे वालेटको केवाईसी भेरिफाइड भएको हुनुपर्छ । केवासी भेरिफाइड नभएको खण्डमा भने कारोबार सम्भव छैन । त्यसैले सुरुवातमा केवाइसी भेरिफाइड गर्नुहोस् ।

विदेशबाट पठाइएको रेमिट्यान्स प्राप्त गर्ने तरिका

विदेशबाट रेमिट्यान्स प्राप्त गर्न सक्ने भएता पनि नेपालबाट विदेशी मुलुकमा पैसा पठाउन सकिने सेवा भने वालेटमा उपलब्ध छैन । यस्तोमा प्रभु पेले प्रभु मनी ट्रान्सफरका साथै विदेशमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको विभिन्न बैंकसँग सहकार्य गरेको छ ।

यसको अर्थ तपाईंले विदेशबाट प्रभु मनी ट्रान्सफर, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआइसी एसिया बैंक, माछापुच्छ्रे बैंक, आई पे लगायतका माध्यमबाट प्रभु पे मोबाइल वालेटमा सोझै पैसा पठाउन सक्नुहुनेछ ।

यसका लागि दुई ओटा प्रक्रिया रहेको कम्पनीले जनाएको छ । कम्पनीका बजार प्रबन्धक सन्तोष गुरुङका अनुसार जब तपाईं प्रभु मनी ट्रान्सफरको एजेन्ट तथा नेपाली बैंकको एजेन्टमा पुग्नुहुन्छ, त्यहाँ गएर पैसा पठाउनेले प्रभु वालेट छनोट गरी रियल–टाइम वालेट टप-अपमार्फत पठाउने व्यक्तिको जानकारी भरी सोझै मोबाइल नम्बर(वालेट) मा पैसा पठाउन सक्नेछन् ।

यसरी पैसा पठाउँदा पठाउने व्यक्तिले फर्म भर्दा पैसा प्राप्त गर्ने व्यक्तिको प्रभु वालेटमा प्रयोग गरेको मोबाइल नम्बर र नाम भने उल्लेख गर्नुपर्ने हुन्छ । यति गरिसकेसँगै रियल टाइमै वालेटमा पैसा प्राप्त हुनेछ । यसका लागि प्रभु मनी ट्रान्सफर र विदेशी एजेन्टहरुबीच सिस्टम इट्रिगेशन भएको गुरुङ बताउँछन् ।

यति मात्रै नभएर यदी विदेशबाट सोझै वालेटमा पैसा पठाएको छैन भने पनि रेमिट्यान्स कम्पनीकाे एजेन्टमा नपुगी घरमै बसेर पनि वालेटमै पैसा प्राप्त गर्न पनि सकिने व्यवस्था रहेको छ । त्यो भनेको यदि तपाईंको आफन्तले विदेशबाट रेमिट्यान्समार्फत पैसा पठाउने भएको छ भने अब उक्त पैसा लिन रेमिट्यान्स कम्पनीका एजेन्ट तथा बैंकको कार्यालयमा पुग्नु पर्दैन ।

तपाईंले त्यसरी आएको पैसा आफैं मोबाइल बालेटमा सोझै तान्न पनि सकिन्छ । त्यसका लागि भने केही प्रक्रिया पुरा गुर्नपर्ने हुन्छ । जुन तल क्रमबद्ध रुपमा उल्लेख गरिएको छ ।

  • सुरुमा प्रभु पे वालेट खोल्नुहोस् ।
  • वालेट खुलेसँगै सबैभन्दा माथि नै तपाईंले रेमिट्यान्स भन्ने विकल्प देख्नुहुनेछ ।
  • उक्त विकल्पमा क्लिक गरी अब त्यहाँ तपाईंले विदेशमा रहेको आफन्तले पठाएको रेमिट्यान्स पिन नम्बर राख्नुहोस् ।
  • सँगै कति पैसा प्राप्त गर्ने हो, त्यो पैसा उल्लेख गरी आवश्यक विवरण भर्नुहोस् । यसमा विचार पुर्‍याउनुपर्ने हुन्छ । यसको अर्थ तपाईंले प्राप्त गर्नु भएको पैसा ठ्याक्कै मिल्नुपर्ने हुन्छ । भने, पठाउने व्यक्तिको जानकारी पनि मिल्न जरुरी छ ।
नेपाल भित्र रेमिट्यान्स पठाउने तरिका

प्रभु पेले नेपालभित्र वालेटबाटै पैसा पठाउन सकिने सुविधा पनि उपलब्ध गराउँदै आएको छ । त्यसका लागि प्रभु पेमा हालसम्म प्रभु मनी रेमिटमात्रै जोडिएको छ । उक्त रेमिटमार्फत पैसा प्राप्त गर्न र पठाउनका लागि तपाईंले प्रभु पेको मोबाइल एपमामा रहेको ‘रेमिट्यान्स’ र ‘विथ ड्र’ भन्ने अप्सनको प्रयोग गर्नुपर्ने हुन्छ ।

यदि तपाईं पैसा पठाउँदै हुनुहुन्छ भने ‘विथ ड्र’ अप्सनमा र प्राप्त गर्दै हुनुहुन्छ भने ‘रेमिट्यान्स’ भन्ने अप्सनमा क्लिक गरी आवश्यक जानकारी विवरण भर्नुहोस् । यसमा प्राप्त गर्न पठाउने देश, कोड र रकम तथा पठाउनका लागि पठाउन खोजेको जिल्ला, प्राप्त गर्ने व्यक्तिको नाम र रकम उल्लेख गर्नुहोस् । त्यहाँ माग भएअनुसारको जानकारी भरी तपाईंले सहजै प्रभु पेमार्फत प्रभु मनी ट्रान्सफरबाट पैसा पठाउन र प्राप्त गर्न सक्नहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३