काठमाडौं । हालै सञ्चालनमा आएको सिजी नेटको भुक्तानी सिजी पेबाट गर्न सकिने भएको छ । औपचारिक रुपमा सञ्चालनमा आउन बाँकी रहेको सिजी पे वालेटबाटै सिजी नेटको बिल भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको अनुमतिपत्र प्राप्त सिजी पे हाल गुगल प्ले स्टोर र आईओएस एप स्टोरमा उपलब्ध रहेको छ । हाल यसमा बैंक ट्रान्सफर, कनेक्ट आईपीएस र अन्य भुक्तानी समेत गर्न सकिने सुविधा रहेको छ ।
यद्यपी उत्साहजनक सेवा थप भएपछि मात्रै यसलाई व्यवसायिक रुपमा सार्वजनिक गरिने कम्पनीका एक अधिकारीको भनाई छ । ‘केही उत्साहजनक सुविधासहित चाँडै सिजी पेलाई पनि औपचारिक रुपमा सार्वजनिक गर्दैछौं,’ उनले भने ।
सिजी पेको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।