close

रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन पोर्टल बन्द हुने

टेकपाना टेकपाना

असार १५, २०७८ १७:५७

रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन पोर्टल बन्द हुने

काठमाडौं । भ्रामक समाचार सम्प्रेषण गर्ने ६ अनलाइन समाचार पोर्टल बन्द हुने भएका छन् । प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने समाचार पोर्टल बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

यसअन्तर्गत खबरमाला, कालापानी पोष्ट, मिडिया ट्वान्टी पोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकम बन्द हुने भएका हुन् । सुनारले आफूविरुद्ध भ्रामक समाचार लेखेको भन्दै ९ मिडियाविरुद्द काउन्सिलमा उजुरी दिएकी थिइन् ।

यी अनलाइनले सुनारलाई युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको लगायत लाञ्छना लगाएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५