close

स्वतन्त्र लेखकका लागि फेसबुकले ल्यायो ‘बुलेटिन’, कसरी हुन्छ आम्दानी ?

टेकपाना टेकपाना

असार १६, २०७८ १४:८

स्वतन्त्र लेखकका लागि फेसबुकले ल्यायो ‘बुलेटिन’, कसरी हुन्छ आम्दानी ?

काठमाडौं । फेसबुकले सब्स्क्रिप्सनमा आधारित न्युजलेटर प्लेटफर्म ‘बुलिटिन’ सुरु गरेको छ । मंगलबार राति फेसबुकका मालिक मार्क जुकरबर्गले कम्पनीले हालै सार्वजनिक गरेकाे ‘लाइभ अडियाे रूम’ मा बाेल्दै यो विषयमा जानकारी दिएका छन् ।

स्वतन्त्र लेखकका लागि निःशुल्क तथा पेड न्युजलेटर मेल, फेसबुक, वेबमा शेयर गर्न मिल्ने बनाइएको छ ।

जुकरबर्गका अनुसार यसका लागि कम्पनीले लेखकबाट कुनै शुल्क लिने छैन । भने, उनीहरुको सब्सक्राइबर सबै उनीहरुकै अधिकारमा रहनेछन् ।

यसको उद्देश्य स्वतन्त्र लेखकलाई धेरै अडियन्ससम्म पुर्‍याएर उनीहरुको आम्दानीको स्रोतलाई अझ बढी प्रभावकारी बनाउनु हो । फेसबुककाे यो सेवा पहिलो चरणमा बेटा भर्सनमा मात्रै उपलब्ध भएको छ ।

जसमा केही लेखकहरू समावेश भएका छन् । कम्पनीले यो फिचर विश्वव्यापी रुपमा चाँडै उपलब्ध गराउने जनाएको छ ।

फेसबुककाे याे प्रडक्टसँगै सब्स्ट्याकजस्ता अनलाइन प्लेटफर्मलाई चुनौती थपिने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५