काठमाडौं । माइक्रोसफ्टको विण्डोज अपरेटिङ सिस्टममा गम्भीर सुरक्षा कमजोरी फेला परेको छ । कम्पनीले विण्डोज प्रयोगकर्तालाई यो बगबारे जानकारी दिँदै सचेत रहन आग्रह गरेको छ ।
यो सुरक्षा कमजाेरी साङ्फरका साइबर सुरक्षा अनुसन्धानकर्मीले पत्ता लगाएका हुन् । रिपाेर्टअनुसार बगले ह्याकरलाई प्रयोगकर्ताको सिस्टममा मेलिसियस प्रोग्राम इन्स्टल गरिदिन सक्छ । विण्डोजकाे ‘प्रिन्ट स्पुलर सर्भिस’ मा फेला परेको यो बगलाई ‘प्रिन्टनाइटमेयर’ भनिएको छ ।
सुरक्षा अनुसन्धानकर्मीका अनुसार यो बगबाट ह्याकरले प्रयोगकर्ताको सिस्टम नियन्त्रण गर्नुका साथै व्यक्तिगत डेटामाथि पहुँच राख्न सक्छन् । माइक्रोसफ्टले यो भल्नरेबिलिटीलाई कुनै रेटिङ नदिए पनि हानिकारक बग भएको स्वीकार गरेको छ, जुन समस्या विण्डोजका सबै संस्करणमा देखिएको छ ।
माइक्रोसफ्टले याे रिमोट कोड एक्ज्युकेशन (आरसीई_ भल्नरेबिलिटीबारे अनुसन्धान सुरू भइसकेकाे जानकारी दिँदै सीभीई २०२१-३४५२७ काे नाममा बग प्याचकाे प्रयास भइरहेकाे जनाएकाे छ ।
अमेरिकाकाे साइबर सेक्युरिटी र इन्फ्रास्ट्रक्चर एजेन्सीले विण्डाेजमा एडमिनिस्टट्रेटरलाई डोमेन नियन्त्रण र प्रिन्ट नगर्ने सिस्टममा विण्डोज प्रिन्ट स्पुलर सर्भिस (Printer Spooler service) डिसेवल गर्न आग्रह गरेको छ ।
यदि तपाईंले विण्डोजको पछिल्लो सेक्युरिटी अपडेट इन्स्टल गर्नुभएको छैन भने तत्काल साे अपडेट इन्स्टल गर्न र प्रिन्ट स्पुल सर्भिसलाई डिसेबल गर्न सुरक्षा जानकारले अनुरोध गरेका छन् ।