काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाले साधारण सर्त पुरा भए भारतमा फ्याट्री खाेल्ने संकेत गरेकाे छ । एक ट्वीटर प्रयोगकर्ताले साेधेकाे प्रश्नमा जवाफ दिँदै कम्पनीका सीईओ एलन मस्कले भारतमा टेस्लाकाे फ्याक्ट्री खाेल्न सकिने बताएका हुन् ।
भारतमा गाडी एसेम्बल गर्ने तयारीबारे साेधिएकाे प्रश्नमा उनले आयात भएका टेस्लाका गाडीले राम्रो प्रतिक्रिया पाएको खण्डमा फ्याक्ट्री सञ्चालनमा ल्याउने उल्लेख गरे ।
If Tesla is able to succeed with imported vehicles, then a factory in India is quite likely.
यसअघि नै टेस्लाले भारतमा प्रवेश गर्ने संकेत भने दिइसकेको छ । कम्पनीले एक वर्षअघि नै भारतमा आफ्नो ब्राण्ड दर्ता गर्नुका साथै भारतबाट विद्युतीय गाडीमा काम गर्नसक्ने राम्रो प्रतिभालाई अवसरसमेत प्रदान गरिरहेको छ ।
तर, सँगै उनले घुमाउरो पाराले भारतमा कम्पनी सञ्चालन गर्दा हुनसक्ने समस्या समेत दर्शाएका छन् । भारतमा आयात शुल्क उच्च रहेको उनकाे गुनासाे छ ।
विद्युतीय गाडीको आयातमा शुल्क घटाए यसको फाइदा देशलाई नै हुने उल्लेख गर्दै उनले पेट्रोल, डिजलबाट चल्ने गाडी पनि विस्तारै कम हुने तर्क गरे । तर त्यस्ताे साेच नहुँदा भारतले आफ्नो क्लाइमेट चेन्जको लक्ष्य हासिल गर्नसमेत नसक्ने उनले उल्लेख गरेका छन् ।