close

इन्टरनेट विस्तारको रफ्तारमा डिशहोम, पुग्यो जनकपुर

टेकपाना टेकपाना

साउन १५, २०७८ १६:२३

इन्टरनेट विस्तारको रफ्तारमा डिशहोम, पुग्यो जनकपुर

काठमाडौं । डीटीएचमा आधारित टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले पछिल्लो समय फाइबर इन्टरनेट समेत उपलब्ध गराउँदै आएको छ । उपत्यकाबाट इन्टरनेट सेवा विस्तार गरेको कम्पनीले पछिल्लो समय आफ्नो सेवालाई तीव्र रुपमा विस्तार गरिरहेको छ ।

यसैक्रममा कम्पनीले जनकपुरमा समेत आफ्नो सेवा विस्तार गरेको छ । यसअघि कम्पनीको सेवा हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा उपलब्ध भइसकेको छ ।

देशभर सेवा विस्तार गर्ने योजनामा रहेको कम्पनीले चाँडै नेपालका प्रमुख सहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, वीरगन्ज लगायतका अन्य स्थानमा पनि विस्तार गर्ने जनाएको छ ।

कम्पनीले हाल १० देखि १०० एमबीपीएससम्मको प्याकेजमा फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१