काठमाडाैं । ‘क’ र ‘ख’ वर्गका बैंकहरुले डलर कार्ड जारी गरिरहेका छन् भन्ने कुरा त हामीले केहि महिनादेखि सुन्दै आएको कुरा हो । कतिपयले त डलर कार्ड लिएर त्यसको प्रयोग पनि गरिरहनुभएको होला । आज म पनि डलर कार्ड बनाउन गइरहेको छु र यसको सम्पूर्ण प्रक्रिया यो भिडिओमा देखाउँदैछु ।
थुप्रै बैंकहरुले डलर कार्ड दिइरहेका छन् । मैले चाहिँ यसको लागि माछापुच्छ्रे बैंक रोजेको छु। किनकि मैले सुनेको थिँए यो बैंकमा खाता हुनेलाई १० मिनेटमै डलर कार्ड उपलब्ध गराइन्छ रे । याे बैंकबाट डलर कार्ड लिँदाकाे मेराे अनुभव याे भिडिओमा देखाएकाे छु ।
विदेशमा डलर भुक्तानी गर्न डलर कार्डले निकै सहज बनाएको छ। नेपाल राष्ट्र बैंकले ‘क’ र ‘ख’ वर्गका बैंकलाई प्रिपेड कार्ड जारी गर्न अनुमति दिएको छ।
सोहीअनुसार विभिन्न बैंकहरुले वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिने डलर कार्ड दिइरहेका छन् । जसले फेसबुक, अमेजन र नेटफ्लिक्स लगायतका डिजिटल प्लेटफर्मका लागि नेपालबाटै डलर भुक्तानी गर्न सजिलो बनाएको छ ।