close

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा नियुक्त

टेकपाना टेकपाना

माघ २४, २०७९ ९:५६

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा नियुक्त

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २०३ औ सञ्चालक समितिको बैठकबाट दयाराम शर्मालाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । 

डेप्युटी गभर्नर डा. नीलम ढुङ्गानाले अध्यक्ष पदको लागि शर्मालाई सोमबार सपथ ग्रहण गराएकी छन् । तत्कालीन अध्यक्ष राम बहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भए पछि शर्माले क्लियरिङ हाउसको प्रतिनिधित्व गरेका हुन् । 

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहने व्यवस्था छ । 

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो । यसको एनसीएचएल-ईसीसी, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस, नेसनल पेमेन्ट स्विच, रिटेल पेमेन्ट स्विच लगायतका भुक्तानी प्रणालीहरू रहेका छन् । 
 

पछिल्लो अध्यावधिक: माघ २४, २०७९ ९:५६