close

ई-सेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइरालालाई 'म्यानेजर अफ दि इयर' अवार्ड

टेकपाना टेकपाना

माघ २९, २०७९ १६:१४

ई-सेवा मनी ट्रान्सफरका सीईओ अजेश कोइरालालाई 'म्यानेजर अफ दि इयर' अवार्ड

काठमाडौं । व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले ई-सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई 'म्यानेजर अफ दि इयर २०२२' बाट सम्मान गरेको छ । 

नेपालको व्यवस्थापन क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै संस्थाले कोईरालालाई उक्त सम्मान प्रदान गरिएको हो । शनिबार राजधानीको होटल एभरेष्टमा भएको एक समारोहमा कोइरालालाई सम्मान गरिएको हो ।

समारोहमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले उक्त पुरस्कार ई-सेवा मनी ट्रान्सफरको सञ्चालक तथा कर्मचारी,एफवन सफ्ट ग्रुप र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति समर्पित रहेको बताए ।   
विगत १८ वर्षदेखि रेमिट्यान्सको क्षेत्रमा काम गरिरहेका अजेश कोइरालाले पछिल्लो समय डिजिटल रेमिट्यान्सलाई जोड दिँदै आएको इसेवामनि ट्रान्सफरको नेतृत्व गरिरहेका छन् । 

विश्वका दुईसयभन्दा बढी मुलुकबाट ई-सेवा मनि ट्रान्सफरमार्फत ८० प्रतिशतभन्दा बढी रेमिट्यान्स् डिजिटल रूपमा भित्रिदै आएको कम्पनीको भनाइ छ । 

पछिल्लो अध्यावधिक: माघ २९, २०७९ १६:१४