close

च्याटजीपीटीमा बोलेर यसरी गर्नुहोस् कुराकानी

टेकपाना टेकपाना

फागुन १, २०७९ २१:४४

च्याटजीपीटीमा बोलेर यसरी गर्नुहोस् कुराकानी

काठमाडौं । च्याटजीपीटीले प्रयोगकर्तालाई धेरै कुरामा सहयोग गरेको छ । अहिले यस प्लेटफर्ममा दुई महिनाकै अवधिमा १० करोड बढी प्रयोगकर्ता पुगेका छन् । ओपनएआईले तयार पारेको च्याटजीपीटीको चर्चासँगै थुप्रै क्रोम एक्सटेन्सन तयार भएका छन् ।

आज हामी त्यस्तो क्रोम एक्सटेन्सका बारेमा चर्चा गर्दैछौं, जसका माध्यमबाट तपाईँ बोलेर च्याटजीपीटीसँग कुरा गर्न सक्नुहुन्छ । साथै च्याटजीपीटीले लेखेका टेक्स्ट पनि आवाजमै सुन्न सकिन्छ ।

यसरी च्याटजीपीटीसँग कुरा गर्दा वास्तविक मानिससँग कुरा गरेको अनुभव हुन सक्छ । च्याटजीपीटासँग कुरा गर्नका लागि उपयुक्त एक्सटेन्सन प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

-  सबैभन्दा पहिले यहाँ क्लिक गरेर एक्सटेन्सन खोल्नुहोस् ।

-  त्यसपछि 'एड टु क्रोम' को बटनमा क्लिक गर्नुहोस् ।

- माथि पपअप भएर आउने पेजमा रहेको ‘एड एक्सटेन्सन’को बटनमा क्लिक गर्नुहोस् ।

-  र, अब च्याटजीपीटीको साइटमा जानुहोस् ।

-  माथि दायाँपट्टि रहेको स्टार्ट बटनमा क्लिक गर्नुहोस् ।

-  यति गर्नुभयो भने तपाईँले बोलेका कुरा त्यहाँ टाइप हुन्छन् । र, उताबाट आएको रिप्लाई आवाजमा सुनिन्छ ।

तपाईँले बोलेका भने प्रस्ट बुझिने हुनुपर्छ । माथि रहेको 'टेक्स्ट-टु-च्याटजीपीटी' मा गएर माइक अन/अफ वा भ्वाइस पज गर्न सक्नुहुन्छ । साथै सेटिङमा गएर उक्त एप आफू अनुकूल बनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन १, २०७९ २१:५३