close

हुन्डाईको विद्युतीय गाडी खरिद गर्दा वासिङ मसिन उपहार

टेकपाना टेकपाना

फागुन २, २०७९ ९:३२

हुन्डाईको विद्युतीय गाडी खरिद गर्दा वासिङ मसिन उपहार

काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतीय गाडी कोना र आयोनिक फाइभको खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ । 
 
'वन मोर रिजन टु गो इलेक्ट्रिक' भन्ने नाराका साथ कम्पनीले यो योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत ग्राहकले हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिक फाइभ  खरिद गर्दा जर्मनको लोकप्रिय इलोक्ट्रोनिक ब्रान्ड बश 'Bosch' को वाशिङ मेशिन उपहार प्राप्त गर्न सक्नेछन् । 

अहिलेको आवश्यकता अनुरूप विद्युतीय गाडीहरूको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरूको प्रवर्द्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 
 
हुण्डाई कोना र आयोनिक फाइभले आफ्नो उत्कृष्ट डिजाइन र परफर्मेन्स नेपाली बजारमा स्थान बनाउन सफल भएको कम्पनीको दाबी छ । 

पछिल्लो अध्यावधिक: फागुन २, २०७९ ९:४६