close

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

टेकपाना टेकपाना

फागुन २, २०७९ ८:१४

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

काठमाडौं । फागुन २ गते अर्थात भ्यालेन्टाइन्स डेका दिन नेपाल सरकारको बिदा दिएको भन्दै सामाजिक सञ्जालमा नक्कली सूचना फैलिएको छ । गृह मन्त्रालयको लेटरहेडमा फोटोशप गरी फागुन २ गते बिदा दिने नेपाल सरकारले निर्णय गरेको विषयमा उल्लेख भएको सूचना सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उक्त सूचनामा "वि.सं २०७९ साल फागुन २ गते फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डेको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने नेपाल सरकार, मन्त्रपरिषद्‌बाट मिति २०७९/१०/१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ," भनेर उल्लेख गरिएको छ ।

उक्त सूचनामा मन्त्रालयको प्रवक्ता जितेन्द्र बस्नेतको हस्ताक्षरमा पनि राखिएको छ । यद्यपि यो सूचना फोटोशप गरि बनाइएको पाइएको छ । मन्त्रालयले कुनै पनि सार्वजनिक बिदाको सूचना आफ्नो वेबसाइटमा प्रकाशन गर्ने गर्दछ । तर यस्तो कुनै पनि प्रकारको सूचना गृह मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको छैन । 

पछिल्लो अध्यावधिक: फागुन २, २०७९ ८:१४