close

मलेसिया बसेर फेसबुकमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति एयरपोर्टबाटै पक्राउ

टेकपाना टेकपाना

फागुन ५, २०७९ १५:९

मलेसिया बसेर फेसबुकमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति एयरपोर्टबाटै पक्राउ

काठमाडौं । मलेसिया बस्दा फेसबुकमा महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीले त्रिभुवन विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका २२ वर्षीय हरिहरप्रसाद यादव रहेका छन् ।

प्रहरीका अनुसार आरोपी यादवले पीडित महिलाको नाबालिका सहोदर बहिनी समेतसँगै भएको तस्वीर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुनेगरी अश्लील शब्दहरू लेखी पोस्ट गरेका थिए । साथै उनले पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख हैरानी दिने गरेपछि ब्यूराेमा उजुरी दर्ता भएकाे थियाे ।

अनुसन्धानको क्रममा उक्त फेसबुक अकाउन्ट विदेशबाट सञ्चालित रहेको देखिएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा यादवलाई नेपाल फर्किने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ १५:९