close

अब खाता नम्बरको साटो मोबाइल नम्बर राखेरै कनेक्ट आईपीएसबाट रकम पठाउन सकिने

टेकपाना टेकपाना

फागुन ७, २०७९ २१:३४

अब खाता नम्बरको साटो मोबाइल नम्बर राखेरै कनेक्ट आईपीएसबाट रकम पठाउन सकिने

काठमाडौं । अब कनेक्ट आईपीएसमार्फत सोझै मोबाइल नम्बर प्रयोग गरी रकम पठाउन सकिने भएको छ । यसअघि कुनै पनि बैंक खातामा रकम पठाउँदा बैंक खाता नम्बर र बैंक शाखा लगायतको विवरण राख्नुपर्ने वाध्यता रहेको  थियो ।

कम्पनीले त्यसको सहज विकल्पको रुपमा यो फिचर ल्याएको हो । नेपाल क्लियरिङ हाउसले 'नेपालपे इन्स्ट्यान्ट' फिचर मार्फत यो सुविधा ल्याइएको जनाएको छ । यो फिचर प्रयोग गरी रकम ट्रान्सफर गर्न सबैभन्दा पहिले कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एप खोल्नु पर्ने हुन्छ ।

त्यसपछि सबैभन्दा माथि रहेको 'नेपाल पे इन्स्ट्यान्ट'को अप्सन छानेर सबैभन्दा माथि रहेको 'सेन्डर अकाउन्ट'को अप्सनमा गएर आफ्नो बैंक अकाउन्ट छान्नुपर्छ । त्यसपछि तलको बक्समा रकम टाइप गरी बेनिफेसरी डिटेल्समा रहेको नेटवर्क/बैंकको अप्सनमा बैंक छानेर तल रहेको सेलेक्ट बैंकको अप्सनबाट बैंकको नाम र मोबाइल नम्बर राख्न सकिन्छ ।

अन्त्यमा ट्रान्जेक्सन डिटेल अर्थात कारोबारको विवरण राखेर 'पे'को अप्सनमा क्लिक गरेर मोबाइल नम्बरको भरमा रकम पठाउन सकिन्छ । कम्पनीले सिस्टममा भर्चुअल प्राइभेट एड्रेस (भीपीए) मा आधारित सिस्टमबाट यो सेवा ल्याएको जनाएको छ  ।

यो सेवा अहिले एप तथा वेबसाइटमा उपलब्ध छ । कम्पनीका अनुसार यो सेवा छिट्टै नै अन्य च्यानलबाट पनि प्रयोग गर्न सकिनेछ । यो सेवामार्फत वेब च्यानलमा एक पटकमा १० लाख रुपैयाँ पठाउन सकिनेछ ।

त्यस्तै मोबाइल च्यानलमार्फत एक पटकमा एक लाख रुपैयाँको कारोबार गर्न सकिनेछ । साथै वेब च्यानलबाट दैनिक बढीमा २० लाख रुपैयाँको कारोबार र मोबाइल च्यानलबाट एक दिनमा बढीमा दुई लाख रुपैयाँको कारोबार गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ७, २०७९ २१:३४